उमेदवारनै नपुग्ने हिमाली वस्ती, नेता चिन्दैनन् ६ घण्टा हिडेर भोट हाल्छन्


टीकाप्रसाद भट्ट ।
रामेछाप – मंसिर ४ मा हुने निर्वाचन आउन केहि दिन मात्र बांकी रहेको बेला रामेछापको सवैभन्दा सुदुर उत्तरी वस्ती लाहाछेवरमा भने चुनावको चर्चा पुगेको छैन् । एकलासको वस्तीमा कोहि नेता मत माग्न पुगेका छैनन् । लोकतान्त्रिक गठवन्धनका उम्मेदवार वडा केन्द्र पुगेर फर्केका छन् भने एमालेका उमेदवार पनि लाहाछेवर पुग्ने कार्यक्रम छैन् । चुनावमा मुख्य प्रतिस्पर्धि ति दुई पार्टी मात्र हुन । अरु उमेदवारले त सुगम स्थानमा पनि सवै क्षेत्रमा प्रचार लादैनन् ।


‘यो पटक मात्र हैन, हाम्रो वस्तीमा कुनै चुनावमा पनि नेता भोट माग्न आईपुग्दैनन’् स्थानीय आङभाई शेर्पाले भने – आफै वुझेर भोट हाल्ने गरेका छौं । छावाछेवर उमाकुण्डको १ नम्बर वडा गुम्देलमा पर्छ । उक्त वस्तीबाट गुम्देलमा रहेको मतदान केन्द्र सम्म आउन पैदल ७ घण्टा हिड्नु पर्छ । लिखु जलविद्युत आयोजनाका कारण अहिले बाटो वने पनि सार्वजनिक यातायातका साधन चल्दैनन् । भोट हाल्न हिड्नु सिवाय अरु विकल्प उक्त वस्तीका बासिन्दाको छैन् ।


पञ्चायत कालमा एक पटक नवराज सुवेदी र बहुदलिय व्यवस्था आएपछि देवशंकर पौडेल बाहेकका नेता लाहाछेवरमा भोट माग्न पुगेका छैनन् । बरु पूर्व गृह मन्त्री रामवहादुर थापा ( बादल ) माओवादी सैनिक लिएर महिनौं ( ६ महिना भन्दा बढी ) लाहाछेवरमै आश्रय लिएर वसे । टाढा भएकैले सेना र प्रहरीको पहुच नपुग्ने भएकाले वादलले लाहाछेवर रोजेका थिए । शान्ति स्थापना भएपछि उनि र उनको पार्टीका नेताले फेरी लाहाछेवर टेकेका छैनन् ।


नुम्बुर हिमाल काखको जिल्लाकै उपल्लो वस्ती छाहाछेवरका समस्या धेरै छन् । तर समाधानका लागि कुनै नेतालाई उक्त वस्तीको आवाज पुग्दैन् । गाउंमा स्वास्थ्य चौकी छैन् । सिटामोल खान गुम्देलनै पुग्नुपर्छ । चौरी खर्क जाने बाटोमा पुल छैनन् । कृषि उपजकाका लागि सहयोग पाईदैन स्थानीय दावा शेर्पा भन्छन् – यो अलग्यै मुलुक जस्तो भएको छ । कोहि आई पुग्दैन र सहयोग पनि गर्दैन, त्यैपनि हरेक चुनावमा हामी भोट हालिरहन्छौ ।


लाहाछेवरमा कोहि विरामी परे दुईटा विकल्प छन् । एउटा स्थानीय धामी झांक्री लाउने र अर्को हेलिकप्टर चार्टर गर्ने । गत बर्ष चौरी गोठ लिएर गईमडा“डाको जंगलमा वसेको बेला लाहाछेवरकी कामीशर्कि शेर्पा सीकिस्त विरामी भईन । सोलु र रामेछापको सिमानामा पर्ने जंगलको टुप्पोमा हेलिकप्टर मगाएर उनलाई बचाईयो । हेलिमा १ लाख २० हजार खर्च नगरेको भए शेर्पा बच्ने सम्भावना थिएन । ‘अहिले हेलिको भाडा बढेको छ । ठ्याक्कै १ लाख ६० हजार लिन्छ’ स्थानीय आङभाई शेर्पाले वताए ।
लाहाछेवरमा विरामी परेकाको उपचार भगवान भरोसा छ । पैसा र पहु“च हुनेले हेलि मगाउछन् । अरुले झारफुकको भरमा विरामीको उपचार गर्छन । सरकारी स्वास्थ्य सेवा लिनका लागि लाहाछेवरबासीको पहु“च छैन । गुम्देल आउन ७ घण्टा हिड्नु पर्छ । अनि छिमीके सोलुको जुनवेसी जान पुरै दिन माया मार्नुपर्छ ।


लाहाछेवरमा ३२ परिवारको वसोवास छ । गाउ“मा विरामी पर्दा सोलुतिरबाट आएका तामाङ्गले झारफुक गर्छन । चार बर्ष अघी एकै पटक ४ वटा हेलि मगाएर विरामी काठमाण्डौं पु¥याएको सम्झना शेर्पालाई छ । वर्षको एकादुई त सधैं जस्तो आपत आईपर्छ ।


लाछाछेवरमा अधिकांश शेर्पाको वस्ती छ । थामी र कार्की थोरै छन । गाउ“ भन्दा झण्डै ५ घण्टाको पैदल दुरीमा रहेको क्यामामा गाउ“पालिकाले गाउ“घर क्लिनीक राखेको छ । त्याहा पुगेर विरामीलाई देखाउन भनेको स्थानीयलाई धेरै कठिन काम भन्ने लाग्छ । ‘क्यामा पुगेपछि अरु २ घण्टा हिडेपछि गाडि भेटिन्छ, त्यतैबाट काठमाण्डौं पो जान्छौ’ं शेर्पाले भने ।


उमाकुण्ड गाउ“पालिका १ को गुम्देलमा पर्ने उक्त वस्ती भन्दा उत्तर वसोवास छैन । लाहाछेवर टाढा भएकैले यहा“ सरकारी सूचना समेत पुग्दैन । धेरैले गाउ“पालिकाका प्रतिनिधि समेत चिन्दैनन । पार्टीको संन्देश सुनेर ७ घण्टा पैदल टाढाको गुम्देलमा पुगेर उनिहरुले गएको आमनिर्वाचनमा भोट हाले । तर भोट दिएका नेताहरुको अनुहार उनीहरु चिन्दैनन् ।


लाहाछेवरका बासिन्दा रामेछापको भन्दा बढी सोलुमा निर्भर छन् । यहा“को प्रमुख उत्पादन पहिले चौरीको चिज र छुर्पी थियो । शेर्पाहरु चिज र छुर्पि वोकेर सोलु जान्थे । अहिले चौरी गोठ घटेका छन । १८ बर्ष चौरी पालन गरेका आङभाई शोर्पाले अहिले उक्त काम चटक्कै छोडे । उनले मात्र हैन, धेरैले छोडे । ५÷६ गोठ मात्र छन ।


टिप्बुर, सेतो सिमी , मकै, वा र आलु यहा“को उत्पादन हो । झोप्के ( लेकाली गोरु ) मा ५० केजिको भारी बोकाएर हरेक साता २ दिनको पैदल वाटो सल्लेरी पुग्ने स्थानीयहरु आफुलाई आवश्यक पर्ने दैनिक उपभोग्यका सामान त्यहिबाटै किनेर ल्याउने गर्छन ।
स्थानीय कल्जङ शेर्पाका अनुसार पहिले स्थानीय जडिवुटि संकलनमा स्थानीय रमाउथे । गौरीशंकर संरक्षण क्षेत्र बनेपछि त्यस कार्यमा रोक लाग्यो । पा“चऔले, कुट्की, विकमह, चिराईतो, जटामसि जस्ता जडिवुटी संकलन एकातिर थियो भने लोक्ता र अर्गेलीको संकलनले मनग्यै पैसा आउथ्यो । अहिले ति सवै रोकिएका छन । संरक्षण क्षेत्रले वन्द गरिदियो ।
उक्त सुदुर गाउ“का बासिन्दाहरु आफ्नो जग्गाको उत्पादनले बढीमा ३ महिना भन्दा बढी खान पु¥याउदैनन । बढीमा प्रतिपरिवार ३० रोपनी जग्गा भएपनि कसैलाई खान पुग्दैन । गाउ“ भर सरकारी जागिरे भएको कुनै पनि घर छैन । गाउ“बाट सोलुको व्यापारमा लागेका भन्दा बाहेक केहि युवाहरु विदेशिएका छन । अमेरीका, फ्रान्स र युरोपका केहि देशमा यो गाउ“का झण्डै २० जनाको हाराहारीमा युवा पुगेका छन । उनिहरुले पठाएको पैसाले स्थानीयले अभावको महसुस गरेका छैनन् ।

तपाईको प्रतिकृया दिनुहोस्