रामेछाप– रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।
मन्थली स्थित मालपोत कार्यालयमा भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले ५ सय मत ल्याउँदै अग्रता कायम गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलले ३ सय ३३ मत ल्याएका छन् । ९ सय ७२ मतगणना हुँदा तामाङले ढुंगेललाई १ सय ४१ मतले पछि पारेका छन् । यो सँगै उमाकुण्ड गाउँपालिका १ गुम्देलको मतगणना सकिएको छ ।