Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नागरिक जिम्मेवार र सचेत भए कोरोना स‌ंक्रमणबाट बच्न र बचाउन सकिन्छ

Milan Ghimire by Milan Ghimire
April 1, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, विचार, स्वास्थ्य
0
नागरिक जिम्मेवार र सचेत भए कोरोना स‌ंक्रमणबाट बच्न र बचाउन सकिन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१८,

विश्वमा अहिले करिब ४० हजार नागरिककोे ज्यान लिई सकेको कोरोना भाइरसको संक्रमण विरुद्ध जिल्लाको समग्र अवस्था र यसबाट बच्नको लागि के गर्न सकिन्छ भन्ने सवालमा रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मासंग जनता भ्वाईसको ५ प्रश्न ।

हाल विश्वमा ८ लाख भन्दा माथी मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन्

१.रामेछापमा कोरोना संक्रमणबाट बच्न कस्तो उपाय अपनाइएको छ ?
संक्रमणबाट बच्न यसको पूर्व तयारीलाई मध्य नजर गरेकाछौं । संचार माध्यमबाट बढी भन्दा बढि जनचेतनामूलक सन्देश प्रकाशनरप्रशारण गरेका छौँ । लक्षणहरु के देखिएका छन्, पूर्व तयारी के छन् बुझ्ने गरेका छौ । एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न छिमेकी जिल्लाका प्रशासनहरुसंग समन्वय गरेका छाँै । सम्भावित संक्रमणबाट जोगिन हामीले उच्च सावाधानी अपनाएका छाँै, हामीले समग्र जिल्लाका सम्बन्धीत निकायसंग समन्वय गरेका छौ ।

अहिले सम्म नाकामा जाँच गरेकाहरुमा कुनै पनि संक्रमण भेटिएको छैन । आउनेहरुलाई विशेष निगरानिमा राखेका छौ र लुकिछिपी आएकाहरुलाई खोजि गरेर उनीहरुलाई क्वारेन्टाईनमा राख्छौं ।

बाहिरबाट आउनेहरुलाई जिल्लाका हरेक नाकामा जाँच गरिन्छ, अहिले सम्म नाकामा जाँच गरेकाहरुमा कुनै पनि संक्रमण भेटिएको छैन । आउनेहरुलाई विशेष निगरानिमा राखेका छौ र लुकिछिपी आएकाहरुलाई खोजि गरेर उनीहरुलाई क्वारेन्टाईनमा राख्छौं ।

२.जिल्ला प्रशासनले सवारी चल्न नदिने भनि गरेको निर्णय के हो ? सवारी साधन रातारात आईरहेको छ ?
लकडाउनको बेला अत्यावश्यक बाहेक सवारी साधान चल्न हुदैन यो सबैलाई थाहा छ । जुन चलेका छन् ती अत्यावश्यक मात्रै हुन । अरु चल्न हुदैन र चलेका छैनन् । चलेका सवारी साधान पास लिएर चलेका छन् । हामीले जिल्ला भित्र चलेकाहरुलाई अत्यावश्यक बाहेक कसैलाई पास दिएका छैनौं र अहिले पछिल्लो समयमा विभिन्न निमार्ण आयोजनामा काम गर्न खाना बस्न नपाएर अलपत्रमा परेकाहरुलाई उद्दार गरेको हो । त्यसको लागि हामीले विभिन्न छिमेकी जिल्ला प्रशासनसंग समन्वय गर्छौँ, फोन, मेल गर्छौँं, उनीहरुको उद्दारको लागि सहजताको लागि विभिन्न निकायसंग समन्वय गर्छौँ । अब लगभग त्यस्ता कामदार सकिएकाले यो पनि पुर्ण रुपमा बन्द हुन्छ ?

हामीले मात्रै निर्णय गरेर पनि हुन्न । मन्त्रालयको नियम अनुुसार चल्नु पर्छ, त्यही प्रक्रिया अनुसार अघि बढी रहका छाँै

हामीले मात्रै निर्णय गरेर पनि हुन्न । मन्त्रालयको नियम अनुुसार चल्नु पर्छ, त्यही प्रक्रिया अनुसार अघि बढी रहका छाँै । भोलिका दिनमा यो अझ कडाई हुन्छ । अन्य नाकाबाट आउने मानिसको सन्र्दभमा यति जना मानिसहरु पठाउँदै छाँै भनेर छिमेकी जिल्लालाई जानकारी गराउछौँ । नागरिकहरु आफै जिमेवार भएर सतर्क भएमा यो संक्रमणबाट बच्न र बचाउन सकिन्छ । सबै नागरिकहरु सचेत भए मात्र कोरोना भाइरस संक्रमणबाट हामी जोगिन र फैलिनबाट रोक्न सक्ने सन्देश दिन खोजी रहेका छाँै. ।

३. पास लिएर आउने यात्रुको कारण कोरोना संक्रमणको डर हुन्न ?
यो सवालमा जिल्लाबाट रोजगारीका लागि गएकाहरु काम रोकिएर खान, बस्न समस्या भएका कारण आफ्नो गाउँ घर फर्किन्छन् यो राम्रै हो, उनीहरुलाई सुरक्षित गर्ने हाम्रो दायित्व पनि हो, र उनीहरु आउने बितिकै कोरोना भाइरस फैलिने पनि हैन, तर के हो भने उनीहरु जिल्लामा आएर याहाँको नियम र आफु कतिको सुरक्षित छु भन्ने उनीहरु अफैले बुभ्mनु पर्ने कुरा हो । तर यहाँ त जाँच र क्वारेन्टाइनमा मानिसहरु बस्न मानिरहेको छैनन् । अब उनीहरु मानेनन् भने जबर्जस्ति भएपनि क्वारेन्टाईनमा ल्याउने तयारीमा छौँ, यो अनिर्वाय गछौँ, क्वारेन्टाइन पनि सबै सम्बन्धीत निकायहरुलाई बढाउन आग्रह गरेको छु । यो चाडै हुन्छ।

४.प्रशासनले लकडाउनमा कडाई नगरेर कोरोना संक्रमणलाई फितलो रुपमा लिईरहेको त छैन ?
सचेत नागरिकले आफैले बुभ्mने कुरा हो । जो ब्यक्तिहरुले बुझ्नु हुन्छ उहाँहरु घरभित्रै बस्नु हुन्छ, त्यसैले यो नबुझनेको लागि मात्रै हो, र हामीले सबै पालिकाहरुलाई भनेको छौ, प्रहरी खटाएको छौँ, त्यसैले रोग फैलिन नदिन प्रशासनले मात्र कडाई गर्ने भन्दा पनि नागरिकहरु सचेत भए नै उत्तम हुन्छ ।

एक दिन सामान किने भने कम्तिमा पनि एक साता खान पुग्छ, लकडाउन सबैको लागि हो ।

एक दिन सामान किने भने कम्तिमा पनि एक साता खान पुग्छ, लकडाउन सबैको लागि हो । सामान किन्ने बहानामा सडक पेटिमा गफ गरेर बस्ने, लगायत गतिविधी निरन्तर गरेकोे धेरै गुनासो आयो । हामीले निर्णय गरेरै सामान खरिदको समय तोकिदिएका छौँ । त्यो समय भन्दा अब केही बहाना बाजी चल्दैन ।

५.संक्रमणबाट बच्ने अन्य आवश्यक कदम के छ ?
यसबाट बच्नको लागि सबै घरभित्रै बसाँै, बाहिरबाट भित्र गएपछि लुगा, हात, मुख, सबै सफा गरौँ। अनावश्यक बाहिर ननिस्कौँ । भिडभाडमा नजानुस्, घरमै बसेर पनि कोरोनाबाट बच्नको लागि कोरोना भाइरसको विरुद्धको सन्देशहरु पालना गरौ । सन्देशहरुको कुनै पनि अभाव छैन, राज्यलेनै प्रभाह गरेको छ । त्यसैले बालबच्चाको ख्याल गरौँ । घरमा बस्दा पनि निश्चित दुरी कायम गरौँ, झोलिलो खानेकुरा खाने गरौँ । यि कुराहरुको मात्र पालना भए हामी संक्रमणबाट बच्न सकिन्छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ- स्वास्थ्य प्रमुख कर्ण

Next Post

बोलेरो दुर्घटना प्रति मन्त्री ढुंगेलको दुःख व्यक्त

Next Post
बोलेरो दुर्घटना प्रति मन्त्री ढुंगेलको दुःख व्यक्त

बोलेरो दुर्घटना प्रति मन्त्री ढुंगेलको दुःख व्यक्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.