काँग्रेस नेताको उपचारका लागि उठाइएको रकम हस्तान्तरण


रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले काँग्रेस नेता ताराराम श्रेष्ठको उपचारका लागि उठाइएको रकम हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस रामेछापकोे खाँडादेवी गाउँ पालिकाको सित्खामा सम्पन्न जिल्ला कार्य समितिको वैठकको अवसर पारेर पार्टीका सदस्यहरुबाट उठेको रकम १ लाख ६५ हजार ५ सय २५ रुपैया पार्टी सभापति पूर्णबहादुर (कान्छाराम ) तामाङ्गले ताराराम श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरे । उक्त रकम संकलनका लागि यस अगाडिको जिल्ला कार्य समितिको बैठकले पार्टीका सह सचिव धु्रव चौंलागाईंलाई जिम्मेवारी दिएको थियो ।
पार्टीले आफुलाई दिएको जिम्मेवारी अनुसार जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु एवं महाधिवेशन प्रतिनिधि र काँग्रेस नेताहरुबाट उठेको रकम दुवै मृगौला फेल भएर भारतमा उपचार गराइरहनु भएका काँग्रेस नेता ताराराम श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस रामेछापका सह सचिव ध्रुव चौंलागाईंले बताए । खाँडादेवी ५ रामेछापका श्रेष्ठको उपचारका लागि उठेको रकम सोहि वडाका काँग्रेस इकाइ सभापति विराज श्रेष्ठ र सचिव विनोद मोक्तान मार्फत हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिकृया दिनुहोस्