कथा
बनु श्रेष्ठ
सूर्यको पहिलो मिठो किरण भर्खरै पृथ्वीलाई स्पर्श गर्दै थियो । चराहरूका सुमधुर स्वरहरूले बिहानीलाई स्वागत् गर्दै थिए । म अझै तन्द्रा मै थिएँ । घर नजिकैको एम्बुलेन्सको चर्को आवाजले मेरो निद्रा भङ्ग हुन्छ ।
उफ ! बिहान–बिहानै कस्लाई के भएछ ?? म जुरूक्क उठँे । झ्यालको पर्दा सरर खोलेर बाहिर हेरँे । मेमोशा भाउजूको आगनमा मान्छेहरूको भीड देखँे । एम्बुलेन्स पनि त्यहीँ रोकियो । म झसङ्ग भएँ अहो ! के भएछ ? दाइ धेरै पिउनु हुन्थ्यो बिरामी पर्नु भएछ कि के हो ?
रमेश दाइ र मेमोशा भाउजू मेरो सामुन्ने घर अगाडिको छिमेकी तर छिमेकी भन्दा बढी मेमोशा भाउजू मेरी मन मिल्ने साथी, बायाँपट्टि आर्यनको डेरा, उनी विद्यार्थी अनि मसँगै एउटै अफिसमा काम गर्ने मेरो साथी पनि ।
म हतार–हतार लुगा फेरेर दौडन्छु भाउजूको घरतर्फ । गेटबाट भीड छिचोल्दै आँगनमा मात्र के पुगेथेँ, मेरा आँखाहरू एउटा विभत्स दृश्यमा गएर रोकिए । उफ् ! मैले सोच्नै सकिनँ । हातगोडा थरथरी कामेर भित्ता समाई उभिन्छु ।
यतिकैमा मेरी अर्की छिमेकी साथी रस्मीले बोलाइन् ।
अलिशा !!! तिमी त भर्खर पो आएकी ?
मैले भने – हो त रश्मी खास के भएको हो ?
मैले आखाभरि आँसु पार्दै दुवैको आँसु पुछ्दै च्याप्प समाइ रहँे । वातावरण कोलाहलपूर्ण थियो । म के गरौं कसो गरौं केही सोच्नै सकिरा’को थिइन । एम्बुलेन्स दौडियो अस्पातलतिर । कसो–कसो गर्दा भित्र झ्यालतिर च्याउन पुगेँछु । आङै जिरिङ्ग भएर आयो ।
रश्मीले भनी – खोइ अलिशा ! आर्यन र रमेश दाई दुवैको लाश रगतले लतपतिएको भेटिएको छ रे ! अनि भाउजू पनि बेहोस्, सिरियस अवस्थामा हुनुहुन्छ रे केही भन्न सक्ने अवस्थै छैन ।
म केही बोल्न सकिन । छाँगाबाट खसे झैँ हुन्छु । अनि भन्छु – उफ ! हिजो साँझ त म र भाउजू निकैबेर राम्रै गफ गरेर छुट्टिएका थियौं के यस्तो देख्नु प¥यो आज हे ! भगवान् !
यति बेलै मेमोशा भाउजूलाई स्टेचरमा हाली भित्र बाट निकालियो । एम्बुलेन्सतिर लाँदै गर्दा झुलुक्क देखँे, उफ ! रक्तमुच्छेल अनुहार र लुगा पनि !! हेर्न नसकी मुन्टो मोडेँ अन्तै । मलाई नानीहरूले देखेछन् परैबाट । दौडेर आए र झ्याम्म अङ्गालो हाली रोएँ । म भनेपछि सधैँ पनि हुरुक्कै हुन्थे ।
नानी रूदै बोली – हेर्स्यो न आन्टी बाबा र मामुलाई के भयो ?
मैले आखाभरि आँसु पार्दै दुवैको आँसु पुछ्दै च्याप्प समाइ रहँे । वातावरण कोलाहलपूर्ण थियो । म के गरौं कसो गरौं केही सोच्नै सकिरा’को थिइन । एम्बुलेन्स दौडियो अस्पातलतिर । कसो–कसो गर्दा भित्र झ्यालतिर च्याउन पुगेँछु । आङै जिरिङ्ग भएर आयो । उफ ! आर्यन रक्तमुच्छेल भएर लम्पसार लडिरहेका थिए अनि रमेश दाइ आर्यनको छेउमा उस्तै अवस्थामा । अहो ! कस्तो डर लाग्दो र हेर्नै नसकिने दृश्य !
के भएर यो अवस्था आइ्पुग्यो । मेरो मनमा प्रश्नहरूको भेल उर्लियो । म धेरैबेर त्यहाँ बस्नै सकिनँ । रमेश दाइको आमालाई नानीहरू जिम्मा लगाई घर फर्कें । दिनभरि नै अनुसन्धानको क्रम र सोधपुछ चली नै रह्यो । मान्छेहरूको हो–हल्ला कायमै थियो । त्यहाँ हुँदा धेरैले अड्कल काट्दै कुरा कटिरहेका थिए । काम नहुनेले आज राम्रैसँग काम पाएका थिए ।
घरी मलाई कागती पानी घरी चट्पटे त नानीलाई खोइ चक्लेट, बिस्कुट केके किनेर ल्याइरहन्थे । म अचम्ममा परेकी थिएँ । आफ्नो लोग्नेले कहिले यति ख्याल गरेनन् आज एक अन्जान व्यक्ति आफ्नोभन्दा बढी मानेर हेल्मेलिएको छ ।
खाना खान मन पनि लागेन । लागोस् पनि कसरी ? एक कप चियामा टाटो मारेँ भोकलाई । केही गर्ने जाँगर पनि भएन । राती आँखाभरि बारम्बार तिनै जनाको अनुहारको झझल्को पालैपालो आइ रह्यो । भाउजू र आर्यनले कुनै कुरा नलुकाई भन्नु हुन्थ्यो मलाई । जीवनमा भाग्य अनि समयले कहिले, कहाँ, के, गराउँछ कसले भन्न सक्दो रहेछ र ? आज भाउजूले सुनाउनु भएको आर्यनसँगको पहिलो भेट झल्झली सम्झिदैँछु म ।
भेडेटार जाँदा त्यो नागबेली बाटोबाट देखिने धरानको दृश्य आहा ! चिसो अनि बादलुमा लुकामारी खेल्ने भेडेटारको सुन्दर प्रकृति मनै लोभ्यायो । मौका मिले फेरि–फेरि आउने छु । बूढा सुब्बादेखि हरेक कुराको मज्जाले तारिफ गरेँ । मैले पनि खूब चाख मानेर सुनिदिएँ ।
माइती धरानबाट घर काठमाण्डू फर्किने क्रममा रात्री बसमा आर्यन र भाउजूको भेट भएको हो रे ! आर्यन अफिसको काम विशेषले धरान गएका थिए । भाउजू र नानी साँझ बसपार्क पुग्दा बसहरू काठमाडूतिर हुइँकिने तयारीमा चर्को स्वरमा कोलाहलपूर्ण हर्न बजाउँदै गुड्न लागेको रहेछ, ढिला पुग्दा झन्डै छुट्नु भएनछ । आर्यन अघि नै आफ्नो सिटमा बसिसकेका थिए । भाउजूको सिट आर्यनको सँगै परेछ । उनी पत्रिका पढिरहेका थिए । केही बेरपछि पत्रिका बिसाए अनि परिचय भयो । गाडी हुइँकियो । उनी बोल्दै जान लागे । धरान निकै मन परेछ । खूब खुलेर प्रसंशा गरे आर्यनले । मलाई आफ्नो माइती गाउँको तारिफ सुन्दा आनन्द लाग्यो ।
बिहान–बेलुका खाना बनाऊ, घरको काम गर, नानीहरूको स्याहार गर, यतिमै दिन बित्थ्यो । आफ्नो घरसंसार भन्दा अर्को दुनियाँ हेर्ने फुर्सद् कहाँ र उहाँलाई अनि आर्यन पनि आफ्नै दुनियाँमा ।
भेडेटार जाँदा त्यो नागबेली बाटोबाट देखिने धरानको दृश्य आहा ! चिसो अनि बादलुमा लुकामारी खेल्ने भेडेटारको सुन्दर प्रकृति मनै लोभ्यायो । मौका मिले फेरि–फेरि आउने छु । बूढा सुब्बादेखि हरेक कुराको मज्जाले तारिफ गरेँ । मैले पनि खूब चाख मानेर सुनिदिएँ । चार कोसे झाडीतिर गाडी हुइँकी रहँदा, जङ्गल पातलिएकोमा निकै चिन्ता पनि प्रकट गर्दै थिए । हाम्रो देशको गौरव यो जङ्गल पनि एक हो भन्दै थिए ।
गाडीमा मलाई मात लाग्ने भएकोले अब म धेरै बोल्न गाह्रो मान्दै थिएँ । उनले कुरा बुझेछन् क्यार ! नानी उसको काखमा लिए । म सजिलोसँग बसेँ । ठाउँ ठाउँमा खाना खान अनि खाजा खान गाडी रोकिँदा हामी सँगै भयांै । घरी मलाई कागती पानी घरी चट्पटे त नानीलाई खोइ चक्लेट, बिस्कुट केके किनेर ल्याइरहन्थे । म अचम्ममा परेकी थिएँ । आफ्नो लोग्नेले कहिले यति ख्याल गरेनन् आज एक अन्जान व्यक्ति आफ्नोभन्दा बढी मानेर हेल्मेलिएको छ ।
रातभरि नै उनी हाम्रो स्याहारमा सुत्न पाएनन् र पनि कत्ति नि झर्को नमानी खटिरहे । मलाई गाडीको दौडाइले मात लागेर म लठ्ठ भै निदाएँ । नानी पूरै उसैले सम्हाले । बिहानीपख काठमाण्डू पुगियो । अचम्म र सन्जोग पनि कस्तो ? उनी त हाम्रै घर नजिकको डेरामा बस्दा रहेछन् । त्यसैले एउटै ट्याक्सीमा हामी घरतिर लाग्यौं । मैले मेरो घर चिनाइदिएँ उनले आफ्नो । फुर्सद्मा कुनै दिन चिया खान आउँछु भन्दै विदा भई आफ्नो घर लाग्यौं र म पनि । भाउजूले कुरा सक्दा म निकै हाँसेथे । वहाँले अच्म्म मान्दै सोध्दै हुनुहुन्थ्यो । किन यसरी हाँस्नु’भा अलिशा नानी भनेर ?
मैले वहाँलाई आर्यनलाई पहिला नै चिनेको कुरा बताएँ त्यसपछि वहाँ पनि मरीमरी हाँस्नु भयो । अब विचरी भाउजूलाई थाहा होस् पनि कसरी ?
बिहान–बेलुका खाना बनाऊ, घरको काम गर, नानीहरूको स्याहार गर, यतिमै दिन बित्थ्यो । आफ्नो घरसंसार भन्दा अर्को दुनियाँ हेर्ने फुर्सद् कहाँ र उहाँलाई अनि आर्यन पनि आफ्नै दुनियाँमा । कस्लाई कस्को वास्ता हुन्छ र काठमाण्डूमा ? सबैको आ–आफ्नै व्यस्तता । को मर्दैछ ? को जन्ँिमदैछ थाहा हुन्न यहाँ !
धरानबाट फर्के पछिका दिनहरूमा हामी तीनजना प्रायः साझ दैनिक गफगाफ, हाँसो ठट्टा गर्ने गथ्र्यांै । आर्यन निकै राम्रो लक्का जवान पठ्ठो ठिटो । त्यस्तै पच्चीस छब्बीसको । म उसको समकालीन अनि भाउजू अधबैँसे बत्तीस त्तेत्तीसको । आर्यन हेर्दै रहर लाग्दो कल्कलाउदो जवानी अनि उसको आफ्नै फरक पनको हाउभाउ र मोहनी लाउने रूपले जो कोहीलाई मोहित गर्नु खासै नौलो विषय थिएन । म पनि उसलाई निकै मन परउँथे तर भन्न कहिले सकिनँ र उसले मलाई कहिले त्यो नजरले हेर्दा पनि हेरेन । अलिक रिसाहा तर बुझ्झकी । भाउजू दुई सन्तानकी आमा भए पनि मिलेको शरीर गोरो अनि बान्की परेकी । हामी भन्दा निकै राम्री दुई सन्तानकी आमा भन्न नि नसुहाउने, असल शील स्वभाव र शान्त अनि नरम बोली व्यवहार ।
रमेश दाइ जागिरे भइकन पियक्कड, तास औधी खेल्ने, बाहिरबाहिर केटीसँग मस्त हुने । बेलुका खुट्टा टेक्न नसक्ने गरी पिएर आउने घर । रमेश दाइले घर आएर कहिले शान्ति नदिने भाउजूलाई । बेलुका दैनिक कुटपिट र झैझगडा गरेर रडाको मचाउने । भाउजू भन्दा झदै २० वर्ष जेठो रमेश दाइ । ससुराबुहारी भन्न सुहाउने तर भाउजूले आफ्नो श्रीमान्का बारेमा कहिले सिकायत गरेको पाइन मैले । दाइको रातदिनको कचकच, कुटपिट सहेर पनि कैले दुःख कहीँ नपोख्ने, दुःखको सागर छातीमा लुकाउन सक्ने मेमोशा भाउजू ।
आर्यन पहिला त्यस्ता थिएनन । देशप्रति निकै चिन्तन गर्थे । आफ्नो देशलाई एकदिन स्वर्गजस्तै हेर्ने उनको इच्छा थियो । काठमाडौँको फोहोर प्रदूषण देखेर साह्रै चिन्तित हुन्थे र सधैँ उपाय के होला भनी सोचिरहन्थे । प्रकृति प्रेमी उनी काठमाडौँको फोहोर देखेर निकै चिन्तित हुन्थे । पछि पानीको समस्या कसरी समाधान होला भनी मसँग प्रायः चर्चा गरिरहन्थे तर उनमा आएको एक्कासीको परिवर्तनले म पनि निकै छक्क परेकी थिएँ ।
आर्यनले जब आफ्नो आँखाले देखे रक्सीमा धुत भै विना कारण भाउजूलाई पिटेको, त्यस पछिबाट उनी पागल झैँ हुन लागे । हाम्रो समाजको रूढीवादी कुराको खूब विरोध गर्न लागे । कहिले काहीँ मेरो घरमा हामी तीन जनाको भेट हुँदा कोमल शरीरमा निलडाम लुकाउँदै केही नभए झँै भाउजूले दाइको दोष लुकाउने कोशीस गर्नु हुन्थ्यो । हामीले सोधेमा लडेर ठोक्किएको बाहाना सधैँ हुन्थ्यो भाउजूको ।
भाउजूले कुटाइ खाएको दिन आर्यन मेरोमा आएर निकै रून्थे, चुरोट तान्दै आफ्नै हात भित्तामा हानेर आफँैलाई पनि दुखाउथे । भाउजू कुटाइ सहन नसकी चिच्याउँदा मलाई गएर छुटाउन भनी पाउ पर्थे म कतिपटक छुटाउन जाँदा दाइको अमिलो र छुराजस्तो वचनले म जान चाहन्नथेँ । उनी यो सब हेर्न सुन्न नसकी छट्पटाउँदै बट्टाको चुरोट सिनित्त पारी कोठातिर जान्थे ।.म राती उनको कोठा नियाल्थँे उनी रातैभरि धूँवाको मुस्लोसँगै आकाश र मेमोशा भाउजूको घर नियाली रहेको हुन्थँे । उनी भाउजूलाई साह्रै माया गर्थे अनि यस्तो देखेर सुत्न कसरी सक्थे र उनी ।
सारा उपाचार गर्न उनी लान्थे भाउजू डराइडराई जानु हुन्थ्यो । तर उनीहरू बीच शारीरिक आकर्षण बिल्कुलै थिएन । माया न हो जहाँ जोसँग जहिले पनि हुन सक्ने रहेछ । माया गर्न बिहे नभएका केटाकेटी नै हुनु पर्छ भन्ने कहाँ हुने रहेछ र ? अनि बिहे हुँदैमा माया पाउने र खुसी हुने यहाँ कति नै पो हुन्छन् र ?
सायद् भाउजूको बिजोग देख्दा उनलाई टिठ लाग्थ्यो । दिनभरि अफिसमा पनि भाउजूको कुरा गरेर कहिले अघाउदैन थे आर्यन, म छक्क पर्थें उनको यस्तो माया देखेर । न कुनै स्वार्थ न कुनै प्राप्ति, निःस्वार्थ दिलबाट चाहन लागेका थिए उनले भाउजूलाई । मेमोशा भाउजूको सधैँ कुरा गरिरहँदा त कहिलेकाहीँ मलाई पनि भित्रभित्रै जलन नभएको पनि हैन तर उनको चोखो मायालाई सम्झी मन बुझाएँ ।
दाइले पटक्कै वास्ता नगर्ने भाउजूलाई । निर्दयी दाइ रक्सीले धूत भै कुट्दा कतिपटक हात भाँचिदिन्थे त कतिपटक टाउको फुटाइ दिन्थे । आर्यन यो देखेर झनै विचलित हुन्थे र झन् मायामा डुब्न पुग्थे सायद् ।
सारा उपाचार गर्न उनी लान्थे भाउजू डराइडराई जानु हुन्थ्यो । तर उनीहरू बीच शारीरिक आकर्षण बिल्कुलै थिएन । माया न हो जहाँ जोसँग जहिले पनि हुन सक्ने रहेछ । माया गर्न बिहे नभएका केटाकेटी नै हुनु पर्छ भन्ने कहाँ हुने रहेछ र ? अनि बिहे हुँदैमा माया पाउने र खुसी हुने यहाँ कति नै पो हुन्छन् र ?
आर्यन मसँग भन्ने गर्थे –‘जीवनभर बिहे नगरी मेमोशा भाउजूलाई माया गर्दै सकेको साथ दिने अनि समाजले तोकेको साइनो मात्र साइनो हैन, उनीसँग मेरो अदृश्य तर मिठो बेग्लै साइनो बनाइ राख्ने छु’ भन्थे ‘उनको दुःखको साथी बन्न सकूँ । अरू म उनीबाट केही आशा राख्दिनँ ।’ मैले कतिपल्ट त आर्यन तिमी पागल नबन कति दिन तिमी साथ दिन्छौ ? यो समाज यो दुनियाँ तिम्रो खिलाप हुनेछ ।
उनी भन्थे – ‘हेर ! अलिशा मलाई दुनियाँको केही पर्वाह छैन । जसले एउटा चौध पन्ध्र वर्षकी केटीलाई त्यस्तो बाउजस्तो मान्छेलाई सुम्पन्छ, रातदिन यातना दिँदा पनि केही नबोल्ने अनि भाग्यमा जेजस्तो भए पनि आफ्नो भाग्य हो भन्दै अर्काको फूलजस्तो जीवन बर्वाद् भएको हेर्न सक्ने समाजलाई म मान्दिनँ । उनको खुशी के खुशी हैन ? उसलाई हाँसेर बाँच्ने के अधिकार छैन ? के गल्ती छ उनको ? पशुभन्दा गएको जीवन जिउदै छिन् । रात दिनको यातना, बाहिरी खुशी के हो थाहा पनि छैन विचरीलाई । उफ !’ भन्दै खुइय सुस्केरा हाल्दै ठूलो सास फेर्थे ऊ । रूढीवादी र कुरीतिको कुर्लेर विरोध गर्थे ।
आज तीन दिनपछि भाउजूको होस् खुलेको छ तर कसैलाई भेट्न दिइएन । चार दिनको दिनमा प्रहरीको निगरानीमा एकैछिन भेट्न पायौं । भाउजूको माइती पक्ष म अनि नानीहरू । उहाँ कोहीसँग केही बोल्नु भएन । प्रहरीको सोधपुछ र अनुसन्धान पछि केस अदालतमा पुग्यो । भाउजूले आफ्नो बचाउमा केही बोल्न चाहनु भएन । दुनियाँ सब छक्क परे ।..शंका नै शंका भरिएका थिए सबैका मनमा । मैले पनि आफ्नो बचाउमा बोल्न धेरै कर गरेँ तर उहाँ कसैको एक शब्द सुन्ने पक्षमा हुनु भएन ।
हामी सबै हैरान भयांै । एक महिनासम्म केस चल्यो भाउजूको बचाउ पक्ष कम्जोर देखाउँदै आर्यन र रमेश दाइको हत्याको आरोपमा उहाँलाई आजीवन कैदको फैसला सुनाइयो । उहाँलाई जेल लगियो । हामी निराश भै घर फर्किन बाध्य भयांै । नानीहरू खूब रोएथे त्यो सब हेर्न नसकी म पनि धेरै भक्कनिन पुगेँ ।
तिमीलाई त थाहै छ दाइको बानी । केही नबोली मैले खान पस्किएँ । तरकारी मिठो भएन भन्ने सानो निहूँ निकाल्दै भाँडाहरू हुर्याउन थाल्नुभो । मैले छिमेकीहरूले सुन्छन् । नानीहरू उठ्छन भनी लाख विन्ती गरँे तर मान्नुको सट्टा झन्झन् चर्को स्वरले कराउन लाग्नुभो ।
राती अबेरसम्म सोचँे .। उफ ! कस्तो मान्छे कहाँ कसरी आज फँस्न पुग्नु भो ? रातभरि नै घरि भाउजूको अन्धकार घर त घरि आर्यनको कालो कोठा नियाल्दै विगत्मा हामीले सँगै बिताएका रमाइला पलहरू सम्झिँदै आँसु झार्दै टोलाइरहेँ । अरू गर्न नै सक्थेँ र ?
एक हप्तापछि म भाउजूलाई भेट्न गएँ । मलिन अनुहार कमजोर शरीर, विचरी भाउजूलाई देख्नासाथ मेरा आँखाहरूमा आँसु छचल्किए । ‘अलिशा नानी मेरा नानीहरूलाई कस्तो छ ?’ भनी सोध्नुभयो भाउजूले । म के भनी जवाफ दिन सक्थे ? बाआमा विनाका नानीहरूको हाल कसरी बताउन सक्थेँ र म ? कुरा टार्दै भनेँ –‘ठिकैछ भाउजू तपाईंलाई कस्तो छ ?’ उहाँ केही नबोली मेरो हातमा एउटा कागज थमाएर जानु भो भक्कानिँदै । म पनि फर्किएँ । घर आई हतारहतार पत्र खोलेँ । पत्र यस्तो थियो ।
बैनी अलिशा !
आभागी तिम्रो भाउजूको अविरल सम्झना । हरेकसँग आफ्नो मनको व्यथा पोख्न मन लागेन । पोखेर बुज्ने पनि त हुनु पर्यो नि हैन त ? तिमीसँग पनि साँचो कुरा नलेखे, दुनियाँका सामु त दोषी भएँभएँ, तिमी र नानीहरूका लागि पनि कलङ्कित हुनेछु । त्यसैले आफूलाई बँचाउन त हैन नानीहरूको आँखामा म गलत थिइनँ भन्ने कुरा तिमीले बुझाउली भन्ने पूर्ण विश्वाकिा साथ त्यो दिनको यथार्थ कोर्दैछु । घट्ना कसरी भयो भनेर सबैभन्दा तिमी अचम्मित भएकी छौ मलाई थाहा छ ।
‘त्यो दिन साँझ म तिमीसँग गफगाफ सकी छुटिएपछि घर आएँ । नानीहरूलाई गृहकार्य गर्न मद्दत गरी खानपिन गराएँ । सुताएँ । काम सक्दा करिब रातको ११ बजिसकेको थियो । दाइ अझै आउनु भएको थिएन । म दाइलाई कुर्दै टिभी हेर्दै स्विटर बुन्दै पर्खिरहेथेँ । करिब १२ बजेतिर दाइ निकै पिएर आउनु भएछ । ठूलो स्वर सुनेर म गेट्सम्म गएर भित्र लिएर आएँ ।
अलिशा !
तिमीलाई त थाहै छ दाइको बानी । केही नबोली मैले खान पस्किएँ । तरकारी मिठो भएन भन्ने सानो निहूँ निकाल्दै भाँडाहरू हुर्याउन थाल्नुभो । मैले छिमेकीहरूले सुन्छन् । नानीहरू उठ्छन भनी लाख विन्ती गरँे तर मान्नुको सट्टा झन्झन् चर्को स्वरले कराउन लाग्नुभो ।
खोइ ! त्यो दिन सायद् तिमी थाकेर गहिरो निद्रामा परेर थाहा पाएनौ होली वा सबैले सोचे होलान् ’यो सधैँको घर झगडा हो । एक्कासी दाइले खोर्सानीको धूलो मेरो आँखामा फाल्नु भएछ । म जलन भै सहन नसकी आत्तिएर चिच्याउन पुगेँछु …….पानी……..पानी भन्दै ।
रूँदै कराए पनि सबैले वास्ता गरेनन ….आर्यन सायद् सुतेका थिएनन । ‘हुने हार हार दैव नटार’ मैले गेट बन्द गर्न भुलेँछु हतारमा । ढोका पनि खूल्लै रहेछ । आर्यन कसरी आइपुगे म जान्दिनँ । कहिले मेरो घरको आगनसम्म पाइला नराखेका मध्य रातमा त्यसरी मेरो पीडा सुन्न नसकी आए होलान् सायद् ।
म अझै भत्भती पोलेर पानी मागिरहेथेँ । उनले चिसो पानी छ्याप्दिए मेरा आँखामा र दाइलाई भने –‘के गर्नु भएको दाइ यस्तो ?’ उसको आवाजले म झन् डराएँ, तर्सिएँ । अब दाइलाई के चाहिन्थ्यो र ? के निहूँ पाऊँ कनिका बुक्याऊँ भैहाल्यो । बस् आर्यन त्यहाँ आएकाले काम पुग्यो । आर्यनले मलाई धारामा छाडे अनि भन्न लागे –‘दाइ ! के भयो भोलि कुरा गर्दा हुन्छ नि ! आज सबै सुतेका छन्, किन तमासा गर्ने ? हुन् त हजुरहरूको आपसी मामला हो म बीचमा आउन नहुने कृपया मलाई माफ गर्दिनु होला ।’ यति सुने आर्यनका मुखबाट । आँखा धोई फर्कें केही बिसेक भए नि अझै पोल्न छाडेको थिएन ।
हतारहतार भान्सामा छिरे । दाइ चर्किदै हुन्हुन्थ्यो आर्यनसँग र दुई थप्पड लाएको देखेँ । अनि आर्यनलाई तिमी गइहाल यो हाम्रो घरेलु मामला हो भनेँ । यति के भन्न भ्याएको थिएँ, दाइ दौडेर गएर ए ’ तिमीहरूको चर्तीकला त बल्ल आज पो बुझेँ भन्दै तरकारी काट्ने धारिलो छुरा निकालेर आर्यनलाई जतासुकै प्रहार गर्न लाग्नुभयो । म आत्तिएँ आर्यन रक्तमुछेल भए । रगतको भल देखेर मैले होस् गुमाएँ ।
।। समाप्त ।।