Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सत्तामा टिकिराख्न भ्रम फैलाउनु कम्युनिष्टको विशेषता हो – श्रेष्ठ

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार
0
सत्तामा टिकिराख्न भ्रम फैलाउनु कम्युनिष्टको विशेषता हो – श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, ८ माघ

पञ्चायतकाल देखि पञ्चायत विरोधि स्थलको रूपमा चिरपरिचित स्थान हो साविकको कठजोर गाउँ विकास समिति । नेपाली कांग्रेसको इतिहास पल्टाउने हो भने यो स्थल सजिलै भेट्न सकिन्छ । रामेछाप जिल्लामा कांग्रेसको राजनितिको लागि विशेष हेरिने यो स्थानले कैयौँ योद्दाहरू जन्माएको छ ।

कांग्रेस राजनितिको उर्वर थलो मानिने कठजोर (मन्थली नगरपालिका-३ ) मा पनि  नेपाली कांग्रेसको केन्द्रिय नीति बमोजिम घोषणा गरीएको वडास्तरिय विरोध कार्यक्रम सम्पन्न भयो ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले देश भरका सबै वडा स्तरबाट विरोध प्रदर्शन गरेको थियो ।

रामेछाप कांग्रेस जिल्ला कार्य समितिका सदस्य एवंम् केपीए अध्यक्ष घननारायण श्रेष्ठ (घनश्याम) ले सभालाई संवोधन गर्दै ‘ यो कम्युनिस्टहरुको सत्ता हो जहाँ बाहुबल, बन्दुकका गोली र बोलीका गोलीले मात्र सम्भव हुन सक्छ, संविधानतः यो सम्भव छैन , संविधानत: संसद विघटन अवैधानिक छ।  कुनैपनि चीजको व्याख्या दार्शनिक, बिचारक र ज्ञानीहरुले परीभाषित गरेभन्दा ठ्याक्कै उल्टो व्याख्या कसैले गर्छ भने त्यो कम्युनिस्टले मात्र गर्छ र सत्ता र शक्तिमा टिकीराख्नको लागि जनतामाझ काल्पनिक भ्रम फैलाउनु उनीहरुको बिशेषता नै हो, तर यो २१ओै सताब्दिमा सम्भव छैन ।’ भन्ने तर्क राखे ।

सभामा मन्थली न.प.का नगर सभापति तथा वडा न. ३ का अध्यक्ष केशव कुमार, सोहि वडाका वडा सदस्य नारायण बहादुर बोगटी, क्षेत्रीय सदस्य आकाश भट्टराईलगायतले संसद विघटनको चर्को विरोध गरेका थिए ।

सभा कमल के.सी सभापतित्वमा भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कोरोनाको खोप किन्न नसकेर हात थापिरहेको सरकार चुनावको नाटक गर्दै छ: पौडेल

Next Post

मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

Next Post
मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.