Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खड्काको स्वागतमा उर्लिए हजारौ जनता

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार
0
खड्काको स्वागतमा उर्लिए हजारौ जनता
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप– भण्डै ५ महिनापछि गाउँपालिका फर्किएका लिखूतामाकोशि गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई स्थानीय जनताले भब्य स्वागत गरेका छन् । स्थानीय जनताहरु अध्यक्ष खड्कालाई स्वागत गर्न गाउँपालिकाबाट एक करिब किलोमिटर परसम्म पुगेका थिए । स्थानीयले ठाउँठाउँमा स्वागत तथा सम्मान धोवि बजार परिक्रमा गराएर खड्कालाई गाउँपालिकाको कार्यालयमा पुर्याएका थिए । खड्काको स्वागतमा सहभागि स्थानीयहरुले छातीमा अध्यक्ष खड्काको फोटो टाँसेका थिए । गाउँपालिका अध्यक्ष खड्काले आफ्ना दुःख पिरमर्का बुझेकाले उनको फोटो छातीमा टाँसेर हिडेको एक बृद्धाले बताइन । 

सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करनीको अभियोगमा गाउँपालिका अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो । गएको साउन ३० गते विभिन्न अभियोगमा पक्राउ परेका खड्कालाई उच्च अदालतले पद पुनस्थापना हुने गरि धरौटीमा रिहा गरेपछि आइतबार गाउँपालिका पुगेर पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । आपूm न्यायको लागि लडिरहेको भन्दै अदालतले आपूmलाई न्याय दिनेमा ढुक्क रहेको अध्यक्ष खड्काले बताए ।

खड्काले आफूलाई आफ्नै सहयोद्धा, सहकर्मीहरुले झुठो अभियोग लगाएर फसाउन खोजेको बताए । आफू गाउँपालिका अध्यक्ष भएपछि आफूले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट लोकप्रियता बढेपछि खुट्टा तान्न मेरो सहयात्रीहरुले षड्यन्त्र गरेर झुठा अभियोग लगाए खड्काले भने ।

मलाई फसाउन जस्तोसुकै षड्यन्त्र गरे पनि गाउँपालिकाको विकास र जनताको सेवामा दत्तचित्त भएर लागिरहने छु खड्काले भने । चार महिना थुनामा बस्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको भन्दै षड्यन्त्रपूर्ण रुपमा फसाउन झुठा अभियोग लगाउनेहरुलाई पनि धन्यवाद दिए।

गाउँपालिका अध्यक्ष खड्काको पहलमा गाउँपालिकाको प्रत्येक गाउँको कुनाकुनामा बत्ति र सडक पुगेको भन्दै अध्यक्ष खड्का जनप्रेमी नेता भएको स्थानीय विन्दा खड्काले बताइन । गोविन्द खड्काको राम्रो कामबाट अत्तालिएका ब्यक्तिहरुले झुठो आरोप लगाएर फसाउन षड्यन्त्र गरेको उनको भनाई थियो ।

विकासप्रेमी गाउँपालिका अध्यक्ष पक्राउ पर्दा पालिकाका जनता निकै निराश भएको र अहिले निर्दोष ठहरिएर फेरि अध्यक्षको जिम्मेवारी सम्हाल्दा एकदमै हर्सित भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका स्थानीय भोजबहादुर खड्काले बताए ।

गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगमा १० लाख जबर्जस्ती कारनीमा ५ लाख र शरीर बन्धकको अभियोगमा २ लाख रुपैयाँ धरौटीमा गएको पौष १९ गते रिहा भएका थिए ।  

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

केपि ओली नेपाली राजनीतिको पशुपतीनाथ हो- महेश बस्नेत

Next Post

कांग्रेस बाहेक कसैले यो देशको आमूल परिवर्तन गर्न सक्दैन-बस्नेत

Next Post
कांग्रेस बाहेक कसैले यो देशको आमूल परिवर्तन गर्न सक्दैन-बस्नेत

कांग्रेस बाहेक कसैले यो देशको आमूल परिवर्तन गर्न सक्दैन-बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...