Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवीमा असारभित्रै नमुना माझी बस्ति बन्ने

Milan Ghimire by Milan Ghimire
May 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवीमा असारभित्रै नमुना माझी बस्ति बन्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३०,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा एकिकृत नमुना माझी बस्ति निर्माणको काम सोमबारबाट सुरु भएको छ ।

सोमबार गाउँपालिकाका प्रमुख प्रेम बहादुर तामाङले नमुना बस्ति निमार्णको शिलान्यास गर्नुभएको हो । पालिकाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कृषि पर्यटनमा समावेश उक्त कार्यक्रम कोरोना भाइरस संक्रमणबाट बच्नको लागि राज्यले गरेको लकडाउनका कारण केहि पछि धकेलिने भएपनि यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी काम अघि बढाइएको सोही वडाका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभयो ।

कुल २ करोड २५ लाख बजेटमा उक्त एकिकृत नमुना बस्ती निमार्णको काम सुरु भएको हो ।
बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको साझेदारीमा
प्रदेश सरकारको १ करोड ५० लाख आर्थिक सहयोग र पालिकाको ७५ लाख वार्षिक बजेटमा बस्ति निमार्ण गर्न लागिएको हो ।

निमार्ण हुने बस्तिमा ४२ वटा भुकम्प प्रतिरोधी भवन, पानीको धारा, शौचालय, निर्माण हुने पालिकाका प्रेम तामाङंले बताउनुुभयो । साथै माझी समुदायको संस्कृति झल्कने एक भवन पनि निर्माण गरिने छ ।

बस्ति निर्माणको काम सुरु भएसंगै स्थानियहरुमा खुसी छाएको छ । बस्ति निर्माण भए आन्तरिक तथा बाह्य पर्यटक भित्राई कृषि पर्यटन तथा माझी समुदायको संस्कृती, भेषभुषामा अधारित कार्यक्रमा अघि बढाउने पालिकाको योजना छ ।

बस्ति निर्माणको लागि आत्रिय आर बि सिद्धार्थ जे बि कम्पनीसंग रु २ करोड २४ लाखमा सम्झौता भएको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

Next Post

नेपालमा दुइ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

नेपालमा दुइ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.