Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिमा विवादबारे वार्ता गर्न भारत तयार : मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने

Milan Ghimire by Milan Ghimire
June 1, 2020
in समाचार
0
सिमा विवादबारे वार्ता गर्न भारत तयार : मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १८,

काठमाडौं । भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तयार भएको छ । भारतले नेपालसँगको सिमा विवाद आपसी छलफल, वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्ने तयारीलाई तिव्रता दिएको हो ।

नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । नयाँ नक्शा संसदबाट पारित हुने निश्चित भएको छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विरोध नगर्न त्यहाँका मिडियालाई आग्रहसमेत गरेका छन् ।
नेपालले लिपुलेक, लिम्पयाधुरा र कालापानी समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतीय मिडिया नेपालको विरुद्धमा अफवाह फैलाउनेगरि प्रस्तुत भैरहेका छन् । उनीहरुले नेपालले चीनको उक्साहटमा लागेर नयाँ नक्सा जारी गरेको पनि आरोप लगाउदै आएका छन् ।
भारतीय मिडियाले नेपाललाई जोडेर गरेका प्रस्तुतिले दुई देशबीचको समस्या समाधानको लागि भन्दापनि समस्यातर्फ धकेल्ने मोदीको बुझाई छ । सोहीअनुसार उनले मिडियालाई नेपाल विरोधी प्रचार नगर्न आग्रह गरेको बुझिएको छ ।

नेपालका पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेपाल मामिलाका जानकारहरु अशोक मेहता र विजय जोलीले भारत वार्ताको लागि तयार रहेको बताईसकेका छन् ।
सिमा विवाद समाधानको लागि भारतले नेपालसँग आज र भोलिभित्रै वार्ता अघि बढाउने तयारी गरिरहेको छ । नेपाल र भारतबीच सचिवस्तरीय, मन्त्रीस्तरीय र प्रधानमन्त्रीस्तरीय जुनसुकै स्तरमा पनि आज र भोलिमै कुराकानी हुने उच्च स्रोतको दाबी छ ।
भारतीय प्रधानमन्त्री मोदीले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजैपनि फोन गर्नसक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिसकेको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा सम्भवत संविधान संशोधन प्रस्ताव टेबुल हुनेछ। प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव सर्वसम्मतीले पारित गर्नुपर्ने भन्दै यसअघि नै सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सबै दलले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भनेर हिजो साँझ नै निर्णय गरिसकेको छ ।

कांग्रेसको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको थियो । सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरिसकेको छ। उक्त नक्सालाई निशान छापमा समावेश गर्न संविधान संशोधन गर्न लागिएको हो। फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं

Next Post

संविधान संशोधन प्रस्ताव पेश भयो (भिडयोसहित)

Next Post
संविधान संशोधन प्रस्ताव पेश भयो (भिडयोसहित)

संविधान संशोधन प्रस्ताव पेश भयो (भिडयोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.