Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ८० प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न : विद्यार्थीको भर्नामा भने चुनौती,

Milan Ghimire by Milan Ghimire
June 18, 2020
in राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
रामेछापको चण्डेश्वरी माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०४

काठमाडौं । रामेछापमा भूकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु क्रमशः पुनर्निमित हुँदै जाँदा त्यसको सुरक्षा र विद्यार्थीहरुको सहभागितालाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । पुनर्निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको संरक्षण, त्यसमा विद्यार्थीको सहभागिता, टिकाइ र गुणस्तरीय सिकाइको सुनिश्चितता प्रति सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेका हुन् ।

शिक्षा पत्रकार समूहले बुधवार आयोजना गरेको रामेछापका विद्यालय पुनःर्निर्माण विषयक भर्चुअल संवादमा जिल्लाका सरोकारवालाहरुले केहि विद्यालय पुनःर्निर्माणमा भएको ढिलासुस्ती र पुनःर्निर्मित भवनको संरक्षण, गुणस्तर र बिद्याथीहरुको घट्दो दरका बारेमा  चिन्ता व्यक्त गरेका थिए ।

भर्चुवाल छलफल

रामेछापका भुकम्प प्रभावित ५५ प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भैसकेको र २५ प्रतिशत निर्माणाधीन रहेकाले ८० प्रतिशत विद्यालयको पुनःर्निर्माण चालु आर्थिक बर्षमा नै सुनिश्चित भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख निर्मल घिमिरेले बताए । उनकाअनुसार अब बन्न बाँकी २० प्रतिशत विद्यालयमा पनि ३० वटा बिद्यालयहरु अन्य बिद्यालयसँग समायोजन भएका र केही निर्माणको चरणमा रहेकाले अब पुनःर्निमाण गर्नुपर्ने विद्यालयको संख्या अत्यन्तै कम रहेको जानकी गराए ।

२०७२ बैशाख १२ गते गएको महाभूकम्पमा रामेछापका ४१९ विद्यालयका ३३ सय ४५ कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये  हाल १ हजार सात सय ४५ वटा कक्षाकोठा निर्माण सम्पन्न भैसकेको र ७ सय १८ बटा कक्षा कोठा निर्माण कार्य भैरहेकोले कुल  २ हजार ४ सय ६३ कक्षाकोठा आगामी वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने पनि प्रमुख घिमिरेले बताए । उनकाअनुसार अझै ८ सय वटा कक्षाकोठा पुनर्निर्माण गर्नु पर्ने तथ्यांक भएपनि केही प्रदेश र स्थानीय तहबाट पनि निर्माण भएका र केही आगामी वर्ष निर्माण गरिने योजना रहेको छ । 

कार्यक्रमका अवसरमा तत्कालिन अबस्थामा ४१९ वटा जिल्लाका पुन निर्माण गर्नुपर्ने बिद्याय भएपनि ३० वटा बिद्यालय समायोजन भएर हाल ३८९ मात्रै विद्यालय बाँकी रहेका र केही बिद्यालयहरुको स्तर घट्ने क्रम रहेकाले पुनर्निर्माण हुनुपर्ने कक्षाकोठाको संख्या अझै घटन सक्ने जानकारी गराएका थिए । उनले रामेछापमा विद्यालय ब्यवस्थापन समिति, निर्माण व्यवसायी र गैह्रसरकारी संस्था मार्फत निर्माण हुने गरी ३ मोडलमा निर्माणको काम भइरहेको जानकारी गराए ।

विव्यसबाट निर्माण हुने २ सय ७१ विद्यालयका ९ सय १६ वटा कक्षाकोठा निर्माण  सुनिश्चित भैसकेको भन्दै ति मध्ये ७४७ कक्षाकोठाको निर्माण यही असारमा सकिने र बाँकी १६९ कक्षाकोठा भर्खरै कार्यक्रम स्वीकृत भएकाले अर्को वर्ष सकिने जानकारी गराए ।

निर्माण व्यवसायीबाट बन्ने २१ विद्यालय गत वर्ष नै सम्पन्न भएको र १२ विद्यालय २ देखि ३ महिना  महिना भित्र सम्पन्न हुने इकाइले जनाएको छ । १७ विद्यालयको निर्माण चाही कोभिड–१९ का कारणले शुरु गर्न सकिएको छैन । ठेक्का मार्फत् निर्माण हुने ९ विद्यालयको निर्माण भर्खरै शुरु भएको इकाइले जनाएको छ ।

विद्यालय ब्यवस्थपापन समिति मार्फत  ७ सय ४७ कक्षाकोठा बनाउन हालसम्म १ अर्ब ९ करोड ३९ लाख ७ हजार ६ सय ६२ रुपियाँ,   खर्च भएकोमा आ.वं. २०७३–७४ मा १० करोड बढी, २०७४–७५मा ३५ करोड भन्दा बढि , २०७५–७६ मा ४२ करोड बढी र २०७६–७७ मा २१ करोड भन्दा बढी  सहित हाल सम्म १ अर्ब ९ करोढ, ३९ लाख ७ हजार ६ सय ६३ रुपैया खर्च भएको र आगामी आ.वं.मा थप १ सय ६९ कक्षाकोठा निर्माणको  कार्यक्रम आएको पनि जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापले जनाएको छ ।  

सो अवसरमा चार चरणमा गरेर निर्माण व्यवसायीमार्फत् निर्माण गर्नुपर्ने ५९ विद्यालयका १हाजर एक सय ३५ कक्षाकोठा मध्ये २१ विद्यालयमा ४ सय २० कक्षाकोठा गतवर्ष नै निर्माण भएको र  १२ विद्यालयमका २ सय ४० कक्षाकोठा भदौभित्र निर्माण सम्पन्न एवं बाँकी ९ विद्यालयका १ सय ३५ कक्षाकोठा र १७ विद्यालयका ३सय ४० कक्षाकोठा पुननिर्माणको काम शुरु गर्ने चरणमा रहेको साथै गैर सरकारी संस्थाले निर्माण गर्नु पर्ने ८५ विद्यालयका ७ सय १२ कक्षाकोठा मध्ये ३ सय ३८ कक्षाकोठा निर्माण सम्पन्न गरिसकेपनि १४ विद्यालयका ७४ कक्षाकोठा अहिलेपनि निर्माणाधीन नै रहेको जानकारी गराइएको थियो ।  

कार्यक्रमका अवसरमा केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना उपनिर्देशक दिलिप शेखर श्रेष्ठले ५ वर्षमा ७ हजार ५ सय ५३ विद्यालयहरु पुनःर्निर्माण गर्न दुई मोडालिटी तयार गरी ठूला र बढी क्षति भएकामा निर्माण व्यवसायिबाट र साना र कम क्षति भएका आधारभूत तहका विद्यालयहरु विद्यालय ब्यवस्थापन समिति मार्फत् निर्माण कार्य शुरु गरिएको जानकारी दिए । आगामी एक वर्ष भित्र मुलुकभरका सम्पूर्ण विद्यालयको पुनर्निर्माण सक्ने इकाइको योजना बताए । उनले निर्माणाधिन निर्माण कार्य सकिएका विद्यालयको गुणस्तर अनुगमन नियमित भइरहेको र बनेका भवनहरु विपत्तप्रतिरोधि, लैंगिकमैत्री र वातावरण मैत्री रहेको पनि बताए ।

त्यसैगरी केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)काउपसचिव प्रकाश महर्जनले पुनःर्निर्माण रफ्तारमा अघि बढिरहेको बेला कोभिड–१९ को संकटले केही सुस्त हुनगएको स्वीकार्दै सुस्त गतिमा भएपनि काम अगाडि बढिरहेको बताए । साथै, पुनर्निर्माणमा गुणस्तरको मामिलामा सम्झौता नगरिएको पनि उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका इकाइ प्रमुख भरत भट्टराई, सुनापति गाउपालिका अध्यक्ष धावा लामा,माबि कठाजोरमा बिद्यालय ब्यवस्थापन समतिका अध्यक्ष एबं मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसक पूर्ब क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठ, गौरी शंकर माबि का.प्र.अ निरबहादुर कार्की,  माबि राकाथुमका प्र.अ चक्रलाल श्रेष्ठ, मावि. डहु का.प्र.अ दल बहादुर वल, पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पूर्ब अध्यक्ष हिमाल ढुंगेल लगाएतले भारत सरकाको अनुदानमा जिल्लामा निर्माण हुन लागेको ९ वटा बिद्यालयहरु चाडै निर्माण हुनु पर्ने,  भवनको गुणस्तर र शैक्षिक गुणस्तरलाई ख्याल गरिनु पर्ने,  लगएत स्टमेट अनुसारको काम गरिनु पर्ने, भवन सँगै खानेपानीको ब्यवस्था पनि गरिनु पर्ने र तला थप गर्न मिल्ले खालको भवनहरु निर्माण गरिनुपर्ने कुरालाई जोड दिएका थिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने

Next Post

आज ६७१ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ७८४८

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

आज ६७१ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ७८४८

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...