Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रचण्डले मागे ओलीको राजीनामा, झलनाथ र वामदेवको पनि समर्थन

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १६,जनता भ्वाइस संवाददाता, रामेछाप

नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् । केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य, तथ्य बताउन माग गरेका हुन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताए । उनले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ‘ओली दम्भ’ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गरे ।

‘प्रचण्डजी ले त सिधै प्रधानमन्त्रीको राजीनामा नै माग्नुभयो, झलनाथ र वामदेव कमरडेले दिल्लीको विषयमा प्रधानमन्त्रीले बोलेको कुराको सत्य, तथ्य माग गर्नुभएको छ, उहाँहरुले पनि ओलीले ठिक तरिकाले पार्टी र सरकार नचलाएकाले छाड्दिँदा नै ठिक हुने कुरा राख्नुभएको छ’, एक स्थायी कमिटी सदस्यले भने ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१३ हजार ५ सय नाघ्यो कोरोना संक्रमितको संख्या : ३१६ जनामा पुष्टि

Next Post

भाग्य आफ्नो आफ्नो

Next Post
भाग्य आफ्नो आफ्नो

भाग्य आफ्नो आफ्नो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.