Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘कृषिमा यान्त्रिकरणले युवालाई यस पेशामा समेट्छ’ -प्रमुख आचार्य (भिडियो सहित्)

Kumar Shrestha by Kumar Shrestha
July 3, 2020
in समाचार
0
‘कृषिमा यान्त्रिकरणले युवालाई यस पेशामा समेट्छ’ -प्रमुख आचार्य (भिडियो सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


असार १९ । जनता भ्वाइस संवाददाता, रामेछाप
देश संघीयतामा प्रवेश गरेसँगै प्रदेश स्तरको कार्यालयको रुपमा रहेको कृषि ज्ञान केन्द्र, (रामेछाप–दोलखा) संयुक्तको कार्यक्रम गाउँको निम्नस्तरको कृषकहरुको पहुँचमा नपुगेको जनगुनासो बढ्दै जान थालेको छ ।
गाउँको टाठोबाठो अर्थात् सुकिलामुकिला तर कृषिलाई मूल पेशा बनाएको कृषकको पहुँचमा मात्रै आफूहरुको सेवा सीमित भएको वास्तविकतालाई कृषि ज्ञान केन्द्र (रामेछाप–दोलखा) का प्रमुख दिनेश आचार्यले स्वीकार गरेका छन् । हुन पनि वास्तविकता त्यस्तै भएको छ । विभिन्न प्रस्तावपत्र मार्फत समूह तथा व्यक्तिगत रुपमा कृषि सामग्री वितरणको आह्वान गर्दा पनि बाठोटाठो मात्रै सम्पर्कमा आउने तर गाउँको सोझासिधा कृषकहरुले त्यसको बारेमा थाहै नपाउने अवस्था हालसम्म विद्यमान छ ।


विगतको दिनमा जिल्ला कृषि विकास कार्यालय हुँदाको बखत समेत यस्तै अवस्थाबाट गुज्रिने यस्ता प्रकृतिका कार्यालयहरु आज सम्म पनि कृषकहरुको पहुँच सम्म पुग्न सकेका छैनन् ।
कृषि ज्ञान केन्द्र (रामेछाप–दोलखा) ले विशेषगरी यस वर्षको कार्यक्रममा कृषकहरुलाई खेत जोत्ने ट्रयाक्टर वितरण तथा किवी खेतीलाई लक्षित गरी अनुदानमा थाँक्रा वितरण गरेको कुरालाई ज्ञान केन्द्रका प्रमुख आचार्यले प्रमुखतामा राखेका छन् ।


जनता भ्वाइससँग कुराकानी गर्दै आचार्य आफ्नो चालु आर्थिक वर्षको प्रगतिका बारेमा भन्छन्, ‘यस वर्षको कार्यक्रममा विशेषगरी हामीले रामेछाप र दोलखा जिल्लाका कृषकहरुलाई लक्षित गरी किवीको थाँक्रामा कृषकलाई अनुदान दिएका छौं । अवस्था अनुसार १ हजार ३ सयदेखि २ हजार रुपैयाँसम्मको लागतमा ढुवानीको अवस्था हेरी निर्माण हुने थाँक्रामा प्रतिकृषक १ हजार रुपैयाँको अनुदान दिएका छौं । त्यसलाई कृषकहरुले उच्चतम् लाभ लिइरहेका छन् ।’


कृषिमा यान्त्रिकरणको कारणले युवाहरुलाई यस पेशामा लाग्न उत्प्रेरित गर्ने आचार्य बताउँछन् । हिजोका दिनमा ५० प्रतिशत यान्त्रिकरण अनुदान दिएको अवस्थामा हाल सरकारले ७५ प्रतिशत सम्म अनुदानको दायरालाई फराकिलो बनाएको छ । यसको अर्थ व्यवसायिक कृषि कर्ममा लाग्नको लागि सरकारले उत्प्रेरण दिएको हो तर यसको कुनै ठूलो र खास प्रभाव जनस्तरमा पुग्न नसकेको प्रष्ट देखिएको छ ।


वर्षेनी अरबौंको आर्थिक ‘ट्रान्जेक्सन’ विदेशीसँग खाद्यान्न किन्नकै लागि हुने गरेको छ । दाल, चामल लगायतका दैनिक उपभोग्य सामग्रीहरुको खरिद धेरैजसो भारतसँग हुनेगरेको आजको अवस्थामा त्यसलाई कम गर्न सरकारले भनेजस्तो विशेषगरी युवाहरुलाई यस पेशामा लाग्ने उत्साह र जाँगर अझै पलाएको पाइँदैन ।


विगत केही समय अघि रामेछापमा देखा परेका अमेरिकन फौजी कीरा नियन्त्रणमा कृषि ज्ञान केन्द्र (रामेछाप–दोलखा) ले पहुँचका आधारमा विषादी वितरण गरेको आरोप समेत लागको थियो । जनता भ्वाइसले यो आरोपका बारेमा सो केन्द्रका प्रमुख आचार्य सँग जिज्ञासा राख्दा उनले भने, ‘हामीले सो विषादी वितरणको लागि जिल्लाहरुका पालिकालाई खबर गरेका हौं । पालिकाले भेला गराएका कृषकहरुलाई हामीले वितरण गर्ने हो । त्यसैले पहुँचको आधारमा कसले पायो या पाइएन भन्दा पनि हामीले वितरण विषादी गरेका हौं ।’


हिजोका दिनमा गाउँगाउँमा कृषि सेवाकेन्द्र हुँदा जति कृषकहरुसँग तत्कालिन कृषि कार्यालयको पहुँच थियो, सो अनुसार आजको कृषि ज्ञान केन्द्रले सेवा केन्द्रको अभावमा कृषकहरुको प्रत्यक्ष पिर मर्का बुझ्न नसकेको कुराकानीका क्रममा आचार्यले बताएका छन् ।

बाँकी भिडियोमा….

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेपालमा सलहकीराको प्रभाव कस्तो रहला ? के भन्छन् कृषि विज्ञ ? (भिडियो सहित्)

Next Post

Ramechhap’s chilli plant breaks world record – share as much as you can (with video)

Next Post
रामेछापको खुर्सानीको बोटले विश्व रेकर्ड तोड्दै- सक्दो सेयर गरौ (भिडियो सहित)

Ramechhap's chilli plant breaks world record - share as much as you can (with video)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.