Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न पार्टी कार्यदलको सिफारिस

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार
0
सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३,

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न पार्टी कार्यदलले सिफारिस गरेको छ । उनलाई पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा कारबाहीका लागि सिफारिस गरिएको हो । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । गएको जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन् । सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

‘तीन सदस्यीय कार्यदल बनेको थियो। तथ्य र प्रमाणका आधारमा राष्ट्रिय महत्वको विषयमा पार्टी निर्देशन र ह्वीप नमानेको कारण पार्टी र संसदबाट निष्कासन गर्न सिफारिस भएको छ,’ स्रोतले भन्यो,’पार्टी पदाधिकारी बैठकले यसलाई अनुमोदन गरेपछि निर्वाचन आयोगमा पत्र जान्छ।’file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ

Next Post

रामेछापका एकसहित २०४ जनामा कोरोना पुष्टि : १६,१६८ पुग्यो संख्या

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

रामेछापका एकसहित २०४ जनामा कोरोना पुष्टि : १६,१६८ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.