असार २३
रामेछाप । नेपालमा वितेको २४ घण्टामा २ सय ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ४ जनामा कोरोना पुष्टि भएको बताए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ । जसमा रामेछापका एक जना छन् । त्यस्तै काठमाडौंमा आज २८ जना थपिएका छन् ।
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घटेको मन्त्रालयले भनेको छ । हिजो १८० जनामा मात्रै देखिएको थियो । बिगत ५ दिन यता कोरोना संक्रमितको संख्या घटेको मन्त्रालयले जनाएको छ ।
नेपालको ७७ जिल्लामा कोरोना पुष्टि भएकोमा ४ वटा जिल्लामा एक जना पनि कोरोना संक्रमित हाल नभएको र जिल्लाहरु कोरोना मुक्त भएको छन् । जसमा प्रदेश नं १ का तीन जिल्ला छन् । नेपालमा ९९ प्रतिशतमा कोरोनाको लक्षण नदेखिएको बताइएको छ । त्यस्तै ९७ प्रतिशत बाहिरबाट आयातिय मनिसहरुमा कोरोना पुष्टि भएको छ।
४६.४ प्रतिशत मानिसहरु कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । हालसम्ममा ७ हजार ४ सय ९९ जना कोरोना संक्रमितहरु निकोभएर घर फर्किएका छन् । आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन्।
हालसम्ममा ३५ जनाकोर कोरोनाका कारण मृत्यु भएको छ। file Photo