असार २४
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन् । उनी २८ औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महाजिरीक्षकमा नियुक्त गरेको हो ।
वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।
नयाँ प्रहरी महानिरीक्षकका लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो । आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए । अब महानिरीक्षक थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षक पदमा रहेन छन् ।file Photo