Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पालिका प्रमुखको आड्मा बसेर,वडा सचिव,स्वास्थ्यकर्मी र ड्राइभरमाथि कुट्पिट्,राणाशासन चलाउदै प्रमुख

Milan Ghimire by Milan Ghimire
July 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पालिका प्रमुखको आड्मा बसेर,वडा सचिव,स्वास्थ्यकर्मी र ड्राइभरमाथि कुट्पिट्,राणाशासन चलाउदै प्रमुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २४,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा १ गुम्देलका वडा सचिवसहित चार जना निर्घार कुटिएका छन् । मंगलबार राति करिब ९ ; १५ बजेको समयमा उमाकुण्ड गाउँपालिकाको कार्यालय प्रितीबाट गुम्देल तर्फ जादै गर्दा वडा नं १ कै ठाडोखोला भन्ने स्थानमा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका प्रमुख डम्बरबहादुर बस्नेतका छोरा मिलन बस्नेतसहित तीन जना जाँड्ले मातेर बसेकाहरुको समुहले उनीहरुलाई साङ्घातिक हमला गरेको हो । उनीहरुको कुटाइबाट वडा सचिव गणेश थापा, बा २० च ५३७८ नं को बोलेरोका चालक राजु बिक, गाडी धनि नरबहादुर बिक र स्वास्थ्य कार्यालय गुम्देलकी अनमी सिर्जना लामिछाने घाइते भएका हुन् ।

डम्बरबहादुर बस्नेत, लिखुपिके पालिका प्रमुख

उनीहरुलाई सामान्य विषयमा कुटिएको हो । हातपात गर्नेमा सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं ३ स्थायी ठेगाना भएका सन्तोष बस्नतेका छोरा संजिव बस्नेत, ऐ.ऐ स्थायी ठेगाना भएका डम्बर बहादुर बस्नेत तथा पालिका प्रमुखका छोरा मिलन बस्नेत र ऐ.ऐ स्थायी ठेगाना भएका कृष्णध्वज बस्नेतका छोरा सुमोध बस्नेत रहेका छन् ।

उनीहरुले रामेछापको गुम्देल र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु २ जलविद्युत आयोजनाको पावर हाउससंगै जोडिएको सडक छेउमा बिना कारण कुट्पिट तथा आक्रमण गरेका थिए ।

यस्तो थियो घटनाको कारण

पालिकाको केन्द्र प्रितीबाट गुम्देल तर्फ हिडेको बोलेरोले जस्ता पनि बोकेको थियो । जस्ता ठाडो खोलाको सडकमा खसेको र चाकलले थाहापाएर सडक छेउमा बसिरहेका एक पुरुषलाई जस्ता खसेको देख्नुभयो गुरु भनेर चालकले सोद्धा उनले देखेको र आफूले त्यो जस्ता सडकबाट टिपेर राखिदिएको बताए । तर उनको छेउमा स्थानीय मिनबहादुर बस्नेतले सञ्चालन गरेको जाँड्को भट्टीमा रक्सिले मातेका तीन जना युवाहरुले त्यो गुरु नभै गाडीसाऊ हो किन गुरु भनिस्, कसलाइ गुरु भनेको तैले, भनेर एक्कासी चालक राजुलाई हातपात गरेका थिए । सँगै गाडी धनि पनि थिए ।

सचिव थापाले गाडीबाट ओर्लिएर असम्बन्धित व्यक्तिसंग अनावश्यक रुपमा झगडा नगर्नुस् भनेर अनुरोध गर्दा तथानाम गाली गलौज गर्दै उनलाई ढुंगामूढा प्रयोग गरि कुट्पिट गरेका थिए । उनीहरुमाथि हातपात हुन थालेपछि गाडी भित्र बसेकी गुम्देल स्वास्थ्य चौकीकि अ.न.मी. सिर्जना लामिछानेले घटनाको दृश्य खिच्न खोज्दा उनलाई समेत मोबाईल खोसेर गाडी बाहिर निकालेर आक्रमण गरेको र तथानाम गाली गरेका थिए ।

साथै सो घटनामा लिखु १ र २ ए जलविद्युत आयोजना क्षेत्र वरपर कामदारको पनि संलगनता रहेको पाइएको छ । उनीहरुको कुटाइबाट सचिव थापाको टाउको, आखाँ, चिउँडो, खुट्टामा गम्भिर असर परेको उनले बताए ।

  • गणेश थापा, सचिव घाइते
  • सिर्जना लामिछाने अ.न.मी घाइते

साथै चालक र गाडी धनि गम्भिर घाइते भएका छन् । उनीहरुले आफूहरुमाथि आक्रमण हुनु कम्युनिष्ट सरकारको ज्याजती छर्लङग भएको बताएका छन् । पीडितहरुले नेपालमा राणा शासन सुरुभएको बताए । दुईतिहाइको बहुमत देखाएर आफ्ना छोरालाई समेत राम्रोबाटो हिड्न नसिकायर नागिरकहरुमाथि हमला गर्ने  प्रवृती कम्युनिष्टको दम्ब मौलायएको पीडितहरुले गुनासो गरे । उनीहरुमाथि आक्रमण हुनु पदि दुरुपयोग् भएको उनीहरुले बताए । उनीहरुले सरकारी कर्मचारी, कामदार नै, यो मुलुकमा शान्तिको साथ काम गर्ने वातावरण नभएको अवस्था उल्लेख गर्दै घटनामा संलगनलाई हदै सम्मको कारबाही गरि नागरिकलाई लोकतन्त्रको अनुभिती दिलाउन माग गरेका छन् । सचिव थापाले भने हामीले पनि हात फर्काएको भए झगडामा मनविय क्षेती हुने पक्का थियो । ज्यान लिने नियतले नै हमला भएको थियो ।

घटनाको बारेमा सचिव थापाले आफ्नोसहित नागरिको ज्यूज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा खबर गरेका छन् ।

रुद्रादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी रामेछाप

जिल्ला प्रशासन रामेछाप र प्रहरी कार्यालयले घटनामा संलगन दोषीहरुको खोजिकार्य भैरहेको बताएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार घटनामा संलगनहरुको खोजी भैरहेको छ । दोषीलाई पक्राउ गर्नेको लागि बाम्तिभण्डारबाट प्रहरी त्यसतर्फ गइरहेको उनले बताइन् । घटनाको बारेमा उनले उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवारसंग जानकारी लिएको बताइन् ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा स्वकार

Next Post

रामेछापमा ३ जनामात्रै कोरोनाका बिरामी : चाडै कोरोना मुक्त बन्दै

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापमा ३ जनामात्रै कोरोनाका बिरामी : चाडै कोरोना मुक्त बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...