असार २४,
रामेछाप । रामेछाप जिल्ला अस्पताल कोरोना मुक्त भएको छ । २३ जना कुल कोरोना संक्रमित पुगेको जिल्ला अस्पताल अब कोरोना मुक्त भएको जिल्ला अस्पताल रामेछापका कोरोना फोकल पर्सन डा. आनन्द आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा हाल तीन जना मात्रै कोरोनाका बिरामी उपचार गराइ रहेका छन् । उनीहरु लिखु तामाकोसी गाउँपालिकाको वडा नं ४ मा रहेका छन् । ४ सय ७९ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु मध्ये २० जना निकोभएर घर फर्किसकेका छन् ।
उनीहरु मध्ये एक जना रौतहटबाट आएको र अरु भारतबाट आएकाहरु रहेको उनले बताए । उनीहरु सबै १७ देखि ४९ वर्षका पुरुषहरु थिए । उनीहरुलाई कोरोना पुष्टि भएको १५ देखि ३२ दिनमा निकोभएर घर फर्किएको उनले जानकारी दिए । २० जनाको जिल्ला अस्पतालमा राखेर उपचार गरिएको थियो भने एक जनाको स्वास्थ्यमा थप समस्या भएकाले थप उपचारका लागि पाटन अस्पताल रेफर गरिएको थियो । उनी निकोभएर फर्किएका छन् ।
आजसम्ममा ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भएको छ । ४११ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । तीन जना पनि अब केहीदिनमै घर फर्किने अवस्थामा रहेको डा. आचार्यले बताए ।
रामेछाप जिल्लामा कुल २८ जना कोरोना संक्रमितहरु भेटिएका छन् । उनीहरु २३ जना बाहेक अरु जिल्ला बाहिर बसोबास अर्थात काम गर्नेहरु रहेका छन् । उनीहरु पनि निको भएका छन् । यसरी हेर्दा रामेछाप चाडै कोरोना मुक्त जिल्ला बन्दै छ । नेपालमा कोरोनाका बिरामी भेटिने क्रम दैनिक घट्दो रहेको छ । file Photo