Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसहित तीन जनाले पाए अवकाश

Milan Ghimire by Milan Ghimire
July 9, 2020
in समाचार
0
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसहित तीन जनाले पाए अवकाश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २५

काठमाडौं । नेपाली प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायले अवकाश पाएका छन् । बुधबार ३ वर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त भएका उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहकाबीच बिदाइ गरिएको हो । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई हार्दिक बिदाइ गरेका हुन् । क्षेत्री मंगलबार मात्रै महानिरीक्षमा चयन भएका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा रहदा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए । कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएतापनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिई संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका विविध सुधारका पक्षलाई गति दिएको उनले बताए । महानिरीक्षक ज्ञवालीले प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुदाँ भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान  गरेकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई आभार प्रकट गरे ।

प्रहरी सेवा नागरिकहरुका लागि हो तर यसमा दुवै पक्षबीचको परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भने ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’ लामो र वृहत इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत हुनु पर्छ ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरेका थिए । साथै उनले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याएका अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने उनले बताए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उनीहरुलाई बिदाइ गरेका थिए ।file photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण

Next Post

सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

Next Post
सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.