Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा समुदायमा फैलियो कोरोना : सर्तकता शून्य, भएबाहक बन्ने आशंका

Milan Ghimire by Milan Ghimire
July 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २५

रामेछाप । रामेछापमा बिहिबारसम्म ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । जसमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापका कोरोना फोकल पर्सन डा. आनन्द आचार्यले जानकारी दिए । उनका अनुसार हालसम्ममा २० जना निको भएर घर फर्किएका छन् । तीन जना लिखु तामाकोसी गाउँपालिकाको वडा नं ४ मा बनाइएको क्वारेन्टिनमा उपचार गराइ रहेका छन् ।

के रामेछापमा समुदायस्तरमा कोरोना फैलिएको हो ?

जिल्लाको मन्थली नगरपालिका ११ गेलुमा कुनै पनि ठाउँमा नगएकी अर्थात कुनै ट्रबलहिस्ट्रि नभएकी गर्भवती महिलामा कोरोना पुष्टि भएको छ । पेट दुखेपछि ती महिलालाई गेलु स्वाथ्य चौकीले थप उपचारको लागि पाटन अस्पताल रफर गरेको थियो । जिल्ला अस्पताल रामेछापका कोरोना फोकल पर्सन डा. आचार्यले पाटन अस्पतालको र उनको पारिवारीक स्रोतको भनाइ उदृत गर्दै भने उनीमा कोरोना पुष्टि भएको खबर छ । तर आधिकारीक जानकारी कोरोना पुष्टि भएको रिपोर्ट भने हामीलाई आएको छैन् । पाटल अस्पतालको आइसोलेनमा उपचार गराइरहेकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ ।

जिल्लामा कति पुगे संक्रमित थाहा छैन कसैलाई ।

जिल्लामा स्थायी ठेगाना भएकाहरु जिल्लाबाहिर रहेर कोरोना पुष्टि भएको धेरै भएपनि जिल्लामा कुनै त्यसको तथ्याङ्क नभएको जिल्ला अस्तालको भनाइ छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो, भने जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको आशंका गरिएको छ । तर जिल्ला अस्पताल भने त्यो तथ्याङ्क आफूसंग नभएको बताउछ । यसो हुनुमा ऊ स्वास्थ्य मन्त्रालयलाई दोषी देँखाउछ ।

हामीलाई माथिबाटै जानकारी प्राप्त नभएको डा. आचार्य बताउछन् । समुदाय स्तरसम्म कोरोना फैलिएको आशंका गरेपनि जिल्लामा कोरोना संक्रमणका एक जना पनि संक्रमित नभएको जस्तो अनुभव गर्न पाइन्छ, बजारमा । कुनै सुरक्षा मापदण्ड बिना मानिसहरुको भिड्भाड् बढेको छ । ती गर्भवती महिलालाई गेलुबाट काठमाडौंसम्म पुर्याउने क्रममा मात्रै ३० जना भन्दा बढी मनिसहरुसंग उनको सम्पर्क भएको छ । उनीमा कोरोना पुष्टि भयो, तर उनको सम्पर्कमा आएकाहरु बजारमा छन् कुनै परीक्षण बिना । यसले जिल्लामा कोरोना फैलिने त्रास फैलिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ट्रक दुुर्घटनामा परि दाेलखाका कार्कीको मृत्यु

Next Post

अपडेट् सिन्धुपाल्चोक : दुईको मृत्यु, २० अझै बेपत्ता [फोटोसहित]

Next Post
सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

अपडेट् सिन्धुपाल्चोक : दुईको मृत्यु, २० अझै बेपत्ता [फोटोसहित]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.