Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मिडिया काउन्सिल विधेयक सहमतिको नजिकमा

Kumar Shrestha by Kumar Shrestha
August 15, 2019
in समाचार
0
मिडिया काउन्सिल विधेयक सहमतिको नजिकमा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

२८ साउन, काठमाडौं । सत्तारुढ  र प्रमुख विपक्षी दल मिडिया काउन्सिल विधेयकमा सहमति नजिक  पुगेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएपछि यसले पूर्णता पाउनेछ ।राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा सञ्चारमन्त्री गोकुल बास्कोटासहित राष्ट्रियसभामा रहेका दलका प्रतिनिधिहरुबीच यस विषयमा सोमबार छलफल भएको थियो ।

बैठकमा सत्तारुढ नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक आवश्यक संशोधन गर्न सत्तारुढ दल तयार रहेको बताए । ‘प्रेस स्वतन्त्रता, मिडिया काउन्सिलको स्वायत्तता र दण्ड जरिवानाबारे जे सरोकार व्यक्त भएको छ, त्यसलाई संशोधन गर्न तयार छौं भनेर हाम्रो प्रमुख सचेतकले लिखित रुपमै दिनुभएको छ,’ शर्माले भनेका छन् ।सञ्चारमन्त्री बास्कोटाले दलहरुबीच हुने सहमतिलाई सरकारले सकारात्मक रुपमा लिने बताए ।

कांग्रेसले मन्त्रीको बचन सकारात्मक भएको तर, प्रधानमन्त्रीबाटै प्रतिवद्धता आउनुपर्ने धारणा राखेको थियो । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने, ‘नमिलेको विषय सच्याउने प्रतिवद्धता प्रधानमन्त्रीबाट पनि आउनुपर्छ ।’प्रधानमन्त्रीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग सहमति गरेसँगै विधेयक अगाडि बढ्ने दुबै दलका नेताहरु बताउँछन् । ‘आज भोलि नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच कुराकानी भएपछि विधेयक अगाडि बढ्छ’ नेता शर्माले भने ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक विवादित छ । काउन्सिलको स्वायत्तता खोस्ने, पत्रकारलाई १५ लाखसम्म दण्ड जरिवाना गर्नेजस्ता प्रावधान राखेर विधेयक ल्याएपछि नेपाल पत्रकार महासंघ आन्दोलनमै उत्रियो भने प्रमुख विपक्षीले पनि विधेयकको विरोध गरेको थियो ।

साभार ; अनलाईन खबर

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

Next Post

स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो-सिस्टममा मेसिन जोड्नै १ महिना लाग्ने

Next Post
स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो-सिस्टममा मेसिन जोड्नै १ महिना लाग्ने

स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो-सिस्टममा मेसिन जोड्नै १ महिना लाग्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.