रामेछाप । लिखूतामाकोसी गाउँपालिका वडा न. २ सैपुमा एक महिलाले आत्महत्या गरेकी छिन । अन्दाजी ४२ वर्षकी ममता मुग्रातीले आज आत्महत्या गरेको सोहि पालिकाका वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर तमाङले जनता भ्वाईसलाई जानकारी दिए । उनको घरमा श्रींमान् र एक छोरा मात्र रहेको जानकारी आएको छ । आत्महत्याको कारण भने हाल सम्म खुलेको छैन ।