साउन ९, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । पछिल्ला दिनहरुमा देशभरिको मौसम बदली भई विभिन्न स्थानमा घनघोर वर्षा भइरहेको कारणले जल तथा मौसम विज्ञान विभागले नयाँ अवस्थाको सार्वजनिक गरेको हो । शुक्रबार देशभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ ।
साथै मनसुनी न्यूनचापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिकमा रहेको अवस्थामा छ । यसैगरी देश केही स्थानमा सामान्य बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै आज राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।