गोरु काटेको अभियोगमा पक्राउ


साउन १२, मोरङ ।
गोरु काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिकृया दिनुहोस्