Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिदा भइन् ‘हलिउड गोल्डेन एज’की अभिनेत्री ओलिभिया

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
बिदा भइन् ‘हलिउड गोल्डेन एज’की अभिनेत्री ओलिभिया
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन १२

हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार ओलिभिया डी हाभिल्याण्ड पनि बिदा भएकी छन् । उनको १०४ वर्षको उमेरमा निधन भएको हो ।

हलिउडमा ५० वर्ष भन्दा धेरै सक्रिय रहेकी ओलिभियाले झण्डै ५० चलचित्रमा काम गरेकी छन् । उनी सन् १९३९ को ‘गन विथ द विन्ड’ एक मात्र जीवित कलाकार थिइन् ।

ओलिभिया गन विथ द विन्डकै लागि ओस्कार अवार्डमा मनोनित भएकी थिइन् । त्यसबाहेक उनी अरु चारपटक ओस्कार अवार्डमा मनोनयनमा परेकी उनले दुई पटक अवार्ड जितिन् ।

ब्रिटिस–अमेरिकन अभिनेत्री ओलिभिया सन् १९६० देखि फ्रान्सको पेरिसमा बस्दै आएकी थिइन् । उनी हलिउडको स्टूडियो सिस्टमलाई तल पारेर कलाकारलाई राम्रो सम्झौता दिलाउने भूमिकामा महत्वपूर्ण व्यक्ति मध्येमा पर्छिन् । बहिनी जोन फोन्टेइसँग उनको सम्बन्ध निकै राम्रो थियो । फोन्टेइले पनि ओस्कार अवार्ड जितेकी थिइन् ।

ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनको निधन आइतबार पेरिस स्थित निवासमै भएको जानकारी दिइएको सिएनएनले जनाएको छ ।

ओलिभियाको जन्म जापानको टोकियोमा सन् १९१६ को जुलाई एकमा भएको हो । त्यसको केही समयपछि नै उनको परिवार अमेरिकाको क्यालिर्फोनिया गएको थियो ।

उनले एरोल फ्लीनसँग क्याप्टेन ब्लडमा काम गरेकी थिइन् । उनले द एड्भान्चर्स अफ रोबिन हूडमा पनि काम गरेकी थिइन् । गन विथ विन्डका लागि उनले ओस्कार जितिन् ।

उनले सन् १९४६ मा ‘टू इच हिव वन तथा सन् १९४९ मा द हाइरेसका लागि ओस्कार अवार्ड जितेकी थिइन् । सन् १९८० को दशकसम्म काम गरेकी उनले १९८६ मा एनास्टेसियाः द मिस्ट्री अफ एनाका लागि गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।यो खबर देश संचारले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गोरु काटेको अभियोगमा पक्राउ

Next Post

पाहिरोले दोलखा त्राहीत्राही, हालसम्म ३७ घरपरिवार विस्थापित

Next Post
पाहिरोले दोलखा त्राहीत्राही, हालसम्म ३७ घरपरिवार विस्थापित

पाहिरोले दोलखा त्राहीत्राही, हालसम्म ३७ घरपरिवार विस्थापित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.