Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भिरबाट खसेको ढुङ्गाले किच्दा एक जनाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन १५, दोलखा ।
यस वर्ष पनि बाढी पहिरोले गर्दा देशका धेरै स्थानमा जनधनको ठूलो क्षति भइरहेको छ । त्यस्तै दोलखाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा भीरबाट खसेको ढुंगाले घर थिच्दा घरमा बसिरहेकी एक महिलाको बुधबार मृत्यु भएको छ ।


जिल्लाको विगु गाउँपालिका ४ स्थित सिंगटी बजारमा घरमा बसिरहेकी ३५ वर्षिया रेणु थामीको भीरबाट आएको ढुंगाले घर थिच्दा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार मंगलबार बिहान १० बजेतिर बजार क्षेत्र भन्दा झण्डै ५ सय मिटर माथिको भीरबाट आएको ठुलो ढुंगाले सिंगटी बजारको खोलीखेममा रहेको जस्ताले छाएको घर थिचेको थियो ।

घर थिच्दा भित्र रहेकी थामीलाई सोही घरको पर्खालले थिचेर गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य संस्थाले थप उपचारका लागि राजधानीको न्युरो अस्पताल रिफर गरिएको थियो ।


ईलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरिक्षक सुन्जीत तामाङका अनुसार गम्भीर घाइते थामीको अस्पताल लैजादै गर्दा बाटोमानै मृत्यु भएको थियो । उनको शब चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृत महिला कालिञ्चोक गाउँपालिका २ बावरेका वडा सदस्य विकास थामीकी श्रीमती रहेको प्रहरी निरिक्षक तामाङले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बन्दाबन्दी पछिको समयमा अर्थतन्त्र सुधारको लागि अवसर र चुनौती

Next Post

कि माक्स लगाउनुस् कि सयको नोट बोकेर आउनुस् (भिडियो सहित)

Next Post
कि माक्स लगाउनुस् कि सयको नोट बोकेर आउनुस् (भिडियो सहित)

कि माक्स लगाउनुस् कि सयको नोट बोकेर आउनुस् (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.