Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कि माक्स लगाउनुस् कि सयको नोट बोकेर आउनुस् (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
कि माक्स लगाउनुस् कि सयको नोट बोकेर आउनुस् (भिडियो सहित)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामेछापले आजबाट बिना मास्क बाटोमा हिँड्ने सर्वसाधारण र सवारी साधनलाई धमाधम रोकेर चालकलाई जरिवाना गर्न थालेको छ । आज बिहान ११ बजेबाट सुरु भएको मास्क लगाउने अभियानमा ५२ जना सर्वसाधारण र सवारी चालक तथा यात्रुहरुले जरिवाना तिरिसकेका छन् ।


कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै त्राहीत्राही भएको अवस्थामा नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम विभिन्न सचेतनाका कार्यक्रम र उपायहरु सिकाउँदा सिकाउँदै पनि हामी स्थानीय प्रशासनले लगायका हरेक नियमहरुको पालना गर्न अन्कनाइरहेछौं । हिजो मात्रै मन्थलीको देवकोटाचोकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायत स्वास्थ्य, सुरक्षा तथा अन्य सरोकारवाला सहित् सबैले मास्क लगाउन सबैलाई आग्रह गरिरहेका थिए । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले हिजै भनेकी थिइन् कि, भोलि अर्थात् साउन १५ गतेबाट बजार र सडकमा निस्कँदा अनिवार्य मास्क लागउनु पर्नेछ । अन्यथा हामीलाई १ सय रुपैयाँ जरिवाना तिरेर लज्जित नबनाउनुस् ।


कोरोना भाइरस लाग्छ, मास्क लगाऊ भन्दा हामी ‘मेरो स्वास्थ्यको तँलाई के को चिन्ता ? तँ आफ्नो काम गर् न ?’ भन्ने ओठे जवाफ फर्काउन खोजिहाल्छौं । यस्तो दरिद्र मानसिकताबाट गुज्रिएका हामी नेपाली अझ भन्दा रामेछापबासीहरुलाई स्थानीय प्रशासनले आजबाट सबैलाई अनिवार्य मास्क लागाउ भनेर भनिरहेको छ । केही दिन पहिले जिल्ला प्रशासन कार्यालय, रामेछापमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको थियो ।


त्यसै निर्णयलाई लागु गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामेछापले आजबाट बिना मास्क बाटोमा हिँड्ने सर्वसाधारण र सवारी साधनलाई धमाधम रोकेर चालकलाई जरिवाना गर्न थालेको छ । आज बिहान ८ बजेबाट सुरु भएको मास्क लगाउने अभियानमा ११ बजेसम्ममा ५२ जना सर्वसाधारण र सवारी चालक तथा यात्रुहरुले जरिवाना तिरिसकेका छन् ।
जरिवाना १ सय रुपैयाँ तोकिएको छ ।


मन्थली बजारको तल्लोबजार भनेर चिनिने बसपार्कमा रहेको ट्राफिक बिटको सर्वसाधारण र सवारी चालक÷यात्रुहरु आफूले मास्क नलगाएको कारण जरिवाना तिरिरहेका थिए । बिहानको समयमा पानी सिमसिम पर्दा समेत रामेछाप जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डे सक्रियाताका साथ सडकमा ओर्लिर जरिवाना गरिरहेका थिए ।


कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारको निर्देशन पब्लिकले त मानेन, मानेन तर यहाँ स्वास्थ्य क्षेत्र सँग सम्बन्धीत एम्बुलेन्स चालकले समेत मास्क नलगाएको कारण कारवाहीको भागिदार बनेको छ । रामेछापको कुँवुकास्थलीबाट बिरामी बोकेर आएको एम्बुलेन्स चालकलाई समेत जरिवाना गरिएको छ । अन्य सवारी चालकहरुको जरिवाना काट्ने कार्यलाई रोक्दै यस एम्बुलेन्सलाई पहिलो प्रथमिकता दिएर १ सय रुपैयाँ जरिवाना काटी पठाइएको थियो । एम्बुलेन्स बिरामी बोकेर काठमाण्डौका लागि रमाणा भएको छ ।


आज रामेछापमा जरिवाना गरिएका धेरै सवारी चालक तथा यात्रुहरु यस कार्यले निकै अचम्मित भएका थिए । केही सवारी चालकहरु काठमाडौंमा यस्तो नियम नभएको र यहाँमात्र यसो गरिएकोमा भित्रभित्रै मुर्मुरिँदै थिए भने कोही कोही ‘नेपालको कानुन दैवले जानून्’ भन्नै जरिवाना तिराउने कार्यप्रति व्याङ्ग्य गरिरहेका थिए ।


सडक प्रयोगकर्ता र सर्वसाधारणलाई अनिवार्य मास्क लगाउने कार्यका लागि ट्राफिक प्रहरीको साथमा सशस्त्र प्रहरी समेत खटिएको थियो । पानीमा भिज्दै स्थानीय प्रशासनले गरेको आदेशलाई कटिबद्ध भएर पालना गरिरहेका पाण्डे आफूहरुले अनिवार्य मास्क लगाउन लगाउने र जरिवाना गरिएको बारे भन्छन्, ‘हामी यो कारबाहीको प्रक्रियालाई अर्को आदेश नआउन्जेलसम्मका लागि लागु गर्नेछौं । हामीले यो काम नागरिकहरुलाई आफ्नै स्वास्थ्यको लागि जागरणस्वरुप गरिएको हो ।’
आज पहिलोदिन भएकोले पनि धेरै सर्वसाधरण र यात्रु–चालकहरु जरिवाना तिर्न बाध्य बनिरहेका छन् । लातको भूत बातले मान्दैन भन्ने उखानसँग ठ्याक्कै मेल खाने आजको यो गतिविधिले सर्वसाधारणको मुखमा भोलिका दिनदेखि मास्क हुन्छ कि ?

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भिरबाट खसेको ढुङ्गाले किच्दा एक जनाको मृत्यु

Next Post

एसइई परीक्षाको परीक्षाफल कसरी हेर्ने, थाहा पाउनुहोस्

Next Post
एसईई परीक्षाको नतिजा प्रकाशित,

एसइई परीक्षाको परीक्षाफल कसरी हेर्ने, थाहा पाउनुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.