एसइई परीक्षाको परीक्षाफल कसरी हेर्ने, थाहा पाउनुहोस्


साउन १५, भक्तपुर

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले केही दिनमा नै हुने एसइई परीक्षाको नतिजा हेर्नका लागि विभिन्न सेवा प्रदायकहरुको सेवाको बारेमा सूचना प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आज (साउन १५) गते एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी गराएको हो । जसमा भनिएको छ, २०७६ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण website , SMS / IVR बाट प्रकाशित गर्न देहाय बमोजिमको संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Short Coad / Website प्रयोग गर्न स्वीकृति दिइएकोले सो Short Coad / Website प्रयोग गर्न स्वीकृति दिइएकोले सो Short Coad / Website बाट जानकारी लिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

परीक्षा नियन्त्रण कार्यालयले सेवा प्रदायक नेपाल टेलिकमका लागि SMS / IVR १६०० सटकोड प्रयोग गर्न भनेको छ ।

त्यस्तै एनसेल प्रा.लि.का लागि SMS १६०० र इजी सर्भिस प्रा.लि.का लागि SMS ३४९४९ सटकोड प्रयोग गर्न भनेको छ ।

त्यस्तै, कार्यालयले एसइई परीक्षाको नतिजा हेर्नका लागि विभिन्न सरकारी तथा निजी क्षेत्रका वेभसाइटहरु समेत सर्वजनिक गरेको छ । जसमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरको वेभसाइट see.gov.np,  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरको वेभसाइट neb.gov.np, नेपाल टेलिकमको वेभसाइट see.ntc.net.np, एनसेल प्रा.लि.को वेभसाइट see.ncell.axiata.com, इडियु संजाल डटकमको वेभसाइट see.edusanjal.com  र कान्तिपुर पब्लिकेशन प्रा.लि.को results.ekantipur.com वेभसाइट सार्वजनिक गरेको छ ।

तपाईको प्रतिकृया दिनुहोस्