१८ साउन, काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् तर मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।