Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मालपोतको सेवा स्थानीय तहबाट दिने तयारी, जग्गा प्रशासन सम्बन्धी तालिम सुरु

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2020
in समाचार
0
मालपोतको सेवा स्थानीय तहबाट दिने तयारी, जग्गा प्रशासन सम्बन्धी तालिम सुरु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन २०, काठमाडौं । जग्गा प्रशासन सम्वन्धी तालिम धुलिखेलमा शुरु भएको छ । स्थानीय तहहरुबाटै मालपोत कार्यालय काभ्रेले उपलब्ध गराउने जग्गा प्रशासन सम्वन्धी तालिम १३ वटा स्थानीय तहका ४० कर्मचारीहरुलाई उपलब्ध गराईएको हो ।

संघीय सरंचरना कार्यान्वयन भई तीन तहका सरकार कार्यान्वयनमा आएको केहि वर्ष पछि मालपोत कार्यालयबाट प्रदान हुने सेवाहरुलाई सरकारले पहिलो चरणमा नमुनाका रुपमा केहि जिल्लाका केहि पालिकाहरुबाट उपलब्ध गराउने गरी तयारी स्वरुप काभ्रेपलाञ्चोक जिल्लाको मालपोत कार्यालयको सेवा क्षेत्र भएका १३ वटा स्थानीय तहका ४० जना कर्मचारीहरुलाई भूमि व्यवस्थापन तथा अभिलेखका सन्दर्भमा तालिम दिन शुरु गरिएको हो । मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले तालिमको शुभारम्भ गर्दै तालिममा सहभागिहरुले भूमि व्यवस्थापनका बारेमा गहन अध्ययन गरी जानकारी लिएर नागरिकहरुको सेवामा लाग्नु पर्ने बताउनु भयो ।

जग्गा व्यवस्थापन व्यक्तिको सम्पतीको संरक्षण समेत भएकाले त्यसमा हुन सक्ने त्रुटी वा लार्पवाहि तथा अनियमित गतिविधि रोक्न कर्मचारी चनाखो र सजग हुनु पर्ने उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले मालपोत कार्यालयले प्रदान गर्ने सेवा स्थानीय नागरिकहरुकोमा पुग्ने काममा शुरु भएको तालिम प्रभावकारी हुनु पर्ने बताउनु भयो । नागरिकहरुको विश्वास जित्दै मालपोत कार्यालयको सेवालाई भन्नै प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो ।

तालिममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले सहभागिहरुलाई भूमि ब्यवस्थापनका बारेमा जानकारी गराउनु भएको छ । दुई दिन मालपोत सम्वन्धी समग्र विषयमा जानकारी गराउने र व्यवहारीक रुपमा कार्यालयमै अभ्यास गराउने मालपोत अधिकृत आचार्यले बताउनु भयो । मालपोत कार्यालय काभ्रेका रामभक्त हुमागाईले भूसेवाका बारेमा जानकारी गराउँदै अभ्यासले धेरै कुरा सिक्दै जान सकिने बताउनु भयो । भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा अभी केहि स्थानीय तहहरु नियमित संचालनमा कठिनाई व्यहोरिरहेका छन् । गुणस्तरीय इन्टरनेट , सडक सञ्जाल तथा विद्युत्त सेवा समेत नभएका पालिकाहरुमा अभै यो सेवा सचालनमा कठिनाई छ । केन्द्रिय सर्भरसँग जोडिएर दैनिक नागरिकहरुलाई सेवा दिन उक्त पालिकाहरुबाट कठिनाई छ ।

सरकारले सुविधा सम्पन्न पालिकाहरुमा उक्त सेवा शुरु गर्ने गरी आर्थिक वर्षको २०७७–२०७८ वाट मालपोत कार्यालयहरुबाट प्रदान भईरहेका जग्गा प्रशासन सम्वन्धी केहि सेवाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो सोहि घोषणा अनुरुप भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०७७ साउन ६ गते मालपोत कार्यालय काभ्रेलाई पत्र लेख्दै जिल्लाका सबै स्थानीय तहहरुलाई जग्गा प्रशासन सम्बन्धी जानकारी तथा अभिमुखिकरण गराउन स्थानीय तहका कर्मचारीहरुलाई सहभागिताका लागि अनुरोध गरेको थियो । जग्गा प्रशासन सम्बन्धी सेवा हस्तान्तरण गर्न कानून तथा कार्यविधिको तर्जुमा अन्तिम चरणमा पुगिसकेको छ ।

स्थानीय तहबाट प्रवाह हुने जग्गा प्रशासन सम्बन्धी कार्यलाई शुरुवाती चरणबाटै व्यवस्थित , प्रभावकारी र विवादरहित बनाउन स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई जग्गा प्रशासनका बारेमा जानकारी गराउने र अभिमुखिकरण गराउने कार्य शुरु गरिएको हो । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार भू सेवा केन्द्र संचालन निर्देशिका २०७६ लागु गर्ने भएको छ ।

भू सेवा केन्द्र स्थापना तथा संचालनका लागि मालपोत नियमावली २०३६ को नियम २३ र २३ ख बमोजिम चाहिने योग्यता पुगेका तथा भू सेवा केन्द्र संचालन निर्देशिका २०७६ बमोजिम भू सेवा केन्द्र संचालनका लागि चाहिने पूर्वाधार पुरा भउका व्यक्ति, संस्था तथा स्थानीय सरकारले अनुमति लिनका लागि साउन महिना भर अनलाईन मार्फत निवेदन पेश गर्न अनुरोध गरेको छ । ढिलै भए पनि स्थानीय नागरिकहरुले मालपोत सम्बन्धी सेवा आफ्नै पालिकाबाट गर्न सक्ने स्वस्था सिर्जना भएको न्यूजअफ् नेपालमा खबर छ

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनको मूल्य तोलामा ९९ हजार ८ सय

Next Post

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती

Next Post
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व सचिव उप्रेती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.