Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चितवनमा डाक्टर नर्स नै कोरोना संक्रमित, अवस्था चोटिलो बन्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सउन ३२ । जनता भ्वाइस ।
चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार राति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।

चितवनमा एकैदिन कोरोना संक्रमण हुनेहरुमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् ।


संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् ।

यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । क्यान्सर अस्पतालका पाँच जना नर्स पनि संक्रमित संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।


संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् । होम क्वारेन्टाइनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालमै बनाइएको आइसोलेसनमा राखिने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा . देजकुमार गौतमले जानकारी दिए ।


यस्तै , चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका ५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।


त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् ।

तस्वीर : साभार

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण मृत्यु हुनेमा एशियामा भारत पहिलो भने विश्वमा नै तेस्रो मुलुक बन्दै

Next Post

मुख्यमन्त्रीको सवारी पहिरो ग्रस्त क्षेत्रमा, एकीकृत बस्ती व्यवस्थापन बारे निर्णय हुँदै

Next Post

मुख्यमन्त्रीको सवारी पहिरो ग्रस्त क्षेत्रमा, एकीकृत बस्ती व्यवस्थापन बारे निर्णय हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...