Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in जनता स्पेसल, समाचार
0
साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन, ३० भगवति न्यौपानी, कपिलवस्तु

जनता भ्वाईस एप डाउन्लोड गरि सजिलो संग समाचार पढ्नुस

कपिलवस्तुको बाणगंगा नगरपालिकामा साझ ७ बजेदेखि राती १० बजे सम्म उद्योगहरु चलाउन नपाईने भएको छ । पछिल्लो समय बढि लोडसेडिङ भएर स्थानिय मारमा परिरहेका बेला सोही अवस्थालाई मध्यनजर गर्दै बुधबार स्थानीय सरकारको उपस्थितीमा भएको अन्तरकृयावाट यस्तो निष्कर्ष निकालिएको हो । जितपुर स्थित विद्युत वितरण केन्द्र चार नम्बरले समस्याको समाधान कसरी गर्ने भनेर राखेको छलफलवाट यस्तो निर्णय गरिएको हो । छलफलमा तौलिहवा विधुत वितरण केन्द्रका प्रमुख जय कुमार यादवले तौलिहवा र चारनम्वर जितपुरको लोड बढेर लोड व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो । उँहाले चन्द्रौटामा पनि ओभर लोड धेरै भएको कारण लोडसेडिङ भएकोे बताए ।


यसैबिच केन्द्र प्रमुख यादवले तत्काल समस्या समाधान गर्न बाणगंगा क्षेत्रमा भएका उद्योगहरुलाई साझको समयमा नचलाउन आग्रह गर्दै वितरण केन्द्रको अनुरोध अस्वीकार गरे केहिदिनका लागि लाइन काट्ने समेत जानकारी दिए । उनले भने पहिला अनुरोध नमाने विधुत अवरोध गरेर भएपनि आम सर्वसाधारणलाई पिक आवरमा राहत प्रदान गरिनेछ ।
बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले नगरपालिका भित्र साझको बेला वारम्वार भएको लोडसेडिङ अब छिट्टै समाधान हुनैपर्ने औल्याउने बताए । साथै उनले साँझको समयमा भएको लोडसेडिङ अन्त्य नभए जनस्तरवाट कडा एक्सन हुने स्थिती देखेरै छलफल आयोजन गर्न पहल गरेको बताए । यता लोडसेडिङ धेरै भएका कारण बाणगंगाका स्थानिय निकै मारमा परेको वडा नम्वर ८का युवा नारायण पराजुलीले बताए । लोडसेडिङ बढि हुदा परिक्षा आएका विद्यार्थी, बृद्धबृद्धा र ससाना बालबालिकालाई धेरै समस्या भएको गुनासो गरे । छलफलमा विधुत प्राधिकरण बुटवलका प्रमुख सन्जय कुमार मिश्रले चन्द्रौटा देखि जीतपुर सम्म भएको ब्यवस्थापनका त्रुटी पहिचान गर्न आफू चारनम्वरमा आएको औल्याएका थिए । यस्तै उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष एवम बुद्ध आवाज संचार गृहका ब्यवस्थापक भेषराज पाण्डेले चार नम्वरको लाइनवाट सालझण्डीमा विधुत वितरण भएकाले वाणगंगावासी समस्यामा परेको औल्याउदै तत्काल उक्त कार्य रोक्न विधुत प्राधिकरण बुटवलका प्रमुख सन्जय कुमार मिश्रलाई आग्रह गरे ।
कार्यक्रममा बा.न.पा ९ का अध्यक्ष ध्रुव बेलवासे , बुद्ध दपर्ण दैनिकका प्रवन्ध निर्देशक लक्षमण बेल्वासे लगायतले यस किसिमका समस्या छिट्टै समाधान गर्न अनुरोध गर्नुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन

Next Post

साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध

Next Post

साँझ ७ देखि १० वजे उद्योग चलाउन निषेध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...