Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

“म दवावमा काम गर्दिन सबैलाई थाहा छ” :- कमल थापा

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2020
in समाचार
0
“म दवावमा काम गर्दिन सबैलाई थाहा छ” :- कमल थापा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाै‌ ।

राप्रपा र राप्रपा संयुक्तका बिच एकिकरण हुॅदा  सम्झौताको दफा (९) मा “पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ” भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ। यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल,विवाद र बहस पछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ।

पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आबश्यक,उपयुक्त र साहसिक  निर्णय गर्नेछ। कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन, आबश्यक छैन।भोली सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्य एक निर्णय हुने नै छ। यो विवादले पार्टी एकता टुट्दैन। ढुक्क भए हुन्छ। तर, चुनावचिन्ह प्राविधिक बिषय हो, जे चिन्ह राखेपनि हुन्छ भन्नेले राप्रपा नेपाल हुंदै राप्रपा सम्म आईपुग्दा गरिएको संघर्षलाई शायद बिर्सिएका छन् वा अनुभूत गरेका छैनन्। गाई चुनाव लिन पनि सदनदेखि सडकसम्म संघर्ष गर्नु परेको छ।

संबिधान जारी भएपछि राष्ट्रिय जनावर र हिन्दु धर्मको प्रतिक ‘गाई’ चुनावचिन्ह दिन मिल्दैन भनेर ऐनको मस्यौदा गरियो। राप्रपाका सासंदहरूको जोडबलबाट पहिले पाईसकेको चिन्हका हकमा भने  त्यो व्यवस्था लागु नहुने प्रवधान थप गरियो। ‘गाई’ चुनाव चिन्हमा राप्रपा कै ईतिहास मै अहिले सम्मको सर्वाधिक(समानुपातिकमा करिव करिव ७ लाख) मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानिय तहका प्रतिनिधि, एक संघिय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिन्हबाट निर्वाचित छन्। ‘गाई’तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह हो।

२०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुॅदा दुई घटक मध्य एकको चुनावचिन्ह ‘गाई’ थियो। फेरी, राप्रपाको मुख्य एजेण्डा हिन्दुराष्ट्र हो। हिन्दुत्वको प्रतिक ‘गाई’ हो। यस्तो वास्ततिकता थाहा हुंदा हुंदै राप्रपा कै केही साथीहरू चुनावचिन्ह जे भएपनि हुन्छ भन्दै हिंडेको देख्दा दु:ख लाग्छ,चित्त दुख्छ।चुनाव चिन्हका वारे देखिएको विवाद सामान्य हो। यसलाई मैले धेरै महत्व दिएको छैन। यो समाधान हुन्छ। तर, पार्टी एक भएर व्यक्तिहरू एकठाउॅमा उभिंदैमा राप्रपाको पक्षमा आकाशबाट ‘भोट’ बर्षा हुने हैन। पार्टी एकिकरण भएको करिव ६ महिना पुग्दैछ।

तर, एकताको भावना अनुसार किन गति लिन सकेको छैन ? कंग्रेस कम्युनिष्ट असफल भएर जनताले विकल्प खोजिरहेको बेला किन हामीले आफूलाई भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्न सकेका छैनौ? हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनमत र आकर्षण बढिरहेको बेला हामीले आफ्नो उपस्थिति किन देखाउन सकेका छैनौ? यी र यस्ता बिषयमा हाम्रो बहस र चिन्तन केन्द्रित हुनुपर्छ। चुनाव चिन्हको विवादले एकता रोकिंदैन, अडकिंदैन।

तर, त्यसबाहेकका अन्य महत्वपूर्ण बिषयमा समयमा ध्यान गएन भने एक भएर पनि गन्तव्यमा पुग्न सकिन्न। पार्टी संगठन र पार्टीको बिचारको प्रभाव बिस्तार यान्त्रिकढंगबाट हुंदैन। त्यसका केही अनिवार्य पूर्वशर्तहरू छन्। त्यता पट्टी हाम्रो ध्यान जानु आबश्यक छ।  निश्चय पनि पार्टीको एकतालाई कायम राख्न हामी कुनै कसर बांकी राख्दैनौं। ‘बोल्ड’ निर्णय गरेर पनि पार्टी एकता जोगाउने छौं। तर, गैर जिम्मेवार कुरा गर्ने, राप्रपा भित्रै छिद्र पार्ने वा मिर जाफर प्रवृत्ति कायम गर्ने कार्यले भने परिणाम उल्टो हुनसक्छ। म दवावमा काम गर्दिन सबैलाई थाहा छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नगरपालिकाले वडा कार्यालय खोल्न सूचना जारी गरेपनि मन्थली १२ बन्द रहने

Next Post

बाबुकाे मुख हेर्न पर्खिएका वर्ष दिन

Next Post
बाबुकाे मुख हेर्न पर्खिएका वर्ष दिन

बाबुकाे मुख हेर्न पर्खिएका वर्ष दिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.