Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा बीचमै तालिम संचालन

जनता भ्वाइस by जनता भ्वाइस
September 29, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा बीचमै तालिम संचालन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

११ असोज । जनता भ्वाइस संवाददाता, रामेछाप ।
वातारण संरक्षण परियोजनाले यस वर्ष पनि पत्रकारिता तालिम संचालन गरेको छ । आजबाट आरम्भ भएको सो तालिम मन्थलीको जिएस होटलको तालिम हलमा संचालन भएको हो ।


तालिममा जिल्लामा रहेका मिडियाहाउस संवद्ध १० जना सहभागी रहेका छन् भने वातावरण संरक्षण परियोजनाले आफ्नो कार्यक्षेत्रभित्र बनाएका विभिन्न क्लबहरुका २४ सदस्य गरी कूल ३४ जनाको सहभागिता रहेको आयोजक संस्थाका कर्मचारी माधव ढकालले जानकारी दिएका छन् ।
उक्त पत्रकारिता तालिमको सहजकर्ताको रुपमा जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारत्रय टीकप्रसाद भट्ट, सौजन्यप्रसाद सत्याल र सुमित श्रेष्ठ रहेका छन् ।

तालिम आयोजक संस्था वातावरण संरक्षण परियोजना (इपिपि)ले यसलाई आधारभूत पत्रकारिता तालिम भनेको छ ।


गत वर्ष पनि यस परियोजनाले संचालन गरेको पत्रकारिता तालिम, तालिमका लागि मात्रै भएको र त्यसको उपलब्धी शुन्य प्रायः देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको धज्जी उडाइदै

गत असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायातका साधन लगायत होटल रेष्टुरेन्टहरु संचालनमा आएका छन् । यद्यपि पूर्ण रुपमा लकडाउन खुलिनसकेको बेलाबेलामा जिल्ला प्रशासन कार्यालय तथा डिसिसिएमसीले जारी गर्ने सार्वजनिक सूचनामा प्रष्टसँग उल्लेख गरिएको छ । पछिल्लो समय गत असोज १ गते नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट जारी भएको सूचनाको बुँदा नं. १० को १०.२ मा प्रष्ट सँग लेखिएको छ–

‘सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन’ गर्न पाइने छैन ।


जिल्ला प्रशासनले यति प्रष्टसँग उल्लेख गरेर निषेधाज्ञा जारी गरेपनि यस प्रकारको निषेधाज्ञालाई वातावरण संरक्षण परियोजनाले पालन गरेको छैन । यद्यपि तालिममा सुरक्षात्मक उपायको रुपमा सबैको मुखमा माक्स भने छुटेको छैन । तर तालिममा सहभागीहरुको बीचमा कुुनै सामाजिक दूरीको कायम भएको छैन ।

यस विषयमा रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेत यस कार्य वर्तमान सन्दर्भमा समय सान्दर्भिक नहुने बताउँछिन् । प्रतिक्रियाकै क्रममा उनी भन्छिन्, ‘सो तालिमको विषयमा जिल्ला प्रशासन कार्यालयलाई कुनै आधिकारिक जानकारी आएको छैन । अहिलेको अवस्थामा हामीले कुनै तालिम, सभा, सम्मेलन तथा सेमिनार गर्न पाइँदैन ।’


यसरी जिल्ला प्रशासन कार्यालयले यस बारेमा कुनै पनि कार्य नगर्न नगराउन कडाइका साथ निर्देशन दिएको भएपनि वातावरण संरक्षण परियोजनाले त्यसको बेवास्ता गरेको प्रष्ट देखिन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता

Next Post

कोभिड संक्रमण न्यूनिकरणका लागि विद्यालयमा माक्स र सेनिटाइजर वितरण

Next Post
कोभिड संक्रमण न्यूनिकरणका लागि विद्यालयमा माक्स र सेनिटाइजर वितरण

कोभिड संक्रमण न्यूनिकरणका लागि विद्यालयमा माक्स र सेनिटाइजर वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.