पौष २३ रामेछाप ।
पदको भागबण्डा नमिल्दा नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी बिभाजित भएको नेकपा बागमती प्रदेश सचिब आनन्द पोखरेलले बताएका छन् । नेकपा ओली पक्षको हिजो बसेको जिल्ला बैठकमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरेलले खुर्कोट बसाईको किस्सा जोड्दै भने – “हामी त्यहाँ चिया पिएर बस्दा एक जना व्यक्तीले भन्नु भयो, पार्टी फुटाउनेलाई कारवाही किन नगरेको? किन जेल नहालेको, किन गोली नठोकेको ? जवाफमा मैले फर्काए ज्याननै मार्ने अधिकार हाम्रो संविधानमा छैन ।”
पोखरेलका अनुसार- प्रचण्डको काम नै पार्टी फुटाउने, सरकार ढाल्ने हो । संविधान बचाउन संसद बिघटन गरिएको हो ।