Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रचण्ड – नेपाल समूहकाे वृहत् जनसभा दाेरम्बामा हुँदै

जनता भ्वाइस by जनता भ्वाइस
January 24, 2021
in राष्ट्रिय समाचार, समाचार
0
प्रचण्ड – नेपाल समूहकाे वृहत् जनसभा दाेरम्बामा हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ६, रामेछाप ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको आकार स्थानीय स्तरमा पनि प्रष्ट रुपमा देखिन थालेको छ ।

नेकपा बिभाजन भएर ओली र नेपाल–प्रचण्ड पक्षमा बाँढिएपछि देशब्यापि रुपमा आ आफ्ना गुटलाई सामेलगरि कार्यक्रमहरु भइरहँदा रामेछापको दोरम्बामा पनि त्यसको प्रभाव देखिएको छ । जिल्लाको दोरम्बा गाउँपालिका वडा नं. २ को नेकपा वडा कमिटिले बुधबार वृहत् जनसभाको आयोजना गर्दैछ । नेपाल–प्रचण्ड समूहले दोरम्बा बजारमा गर्न लागेको वृहत् जनसभामा नेता लिलामणि पोखरल प्रमुख अतिथिको रुपमा र नेकपा जिल्ला इन्चार्ज देवशंकर पौडेल, सह इन्चार्ज श्यामकुमार श्रेष्ठ ‘कुशल’ र केन्द्रीय विदेश विभाग प्रमुख युवराज चौलागाई अतिथिको रुपमा आउने कार्यक्रम रहेको दोरम्बा गाउँपालिका २ नं. वडा कमिटिले बताएको छ ।


नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर २ खेमामा बाँढिएपछि पछिल्ला दिनहरुमा यस्ता कार्यक्रमहरु बाक्लिन थालेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा दिनहुँजसो विभिन्न पार्टी र खेमाहरुले नाराजुलुश त गरिरहेका छन् नै । तर पनि सदरमुकाम केन्द्रीत भएका कार्यक्रम तथा सभाहरु अब गाउँगाउँमा समेत देखिने क्रम बढेको छ । ७ गते गर्ने वृहत् जनसभाको तयारी करिब अन्तिम चरणमा पुगेको दोरम्बा गाउँपालिका २ नं. वडा कमिटिका अध्यक्ष मेचमान योञ्जनले बताएका छन् । आफूहरुले ७ गते गर्ने भनिएको वृहत् जनसभाका लागि धेरै तयारी पुरा गरिसकेका छौं । अझै मंगलबारको दिन बाँकी छ, त्यो दिनमा समेत हामी धेरै कार्यक्रम सम्पन्न गरिसक्छौं, योञ्जन बताउँछन् ।


‘निर्धारित कार्यक्रम दोरम्बा गाउँपालिका २ नं. वडा कमिटिको संलग्नतामा मात्रै सम्पन्न हुने हो कि, पालिका स्तरको नै सहभागिता हुन्छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा योञ्जन अगाडि भन्छन्, ‘हामीले हाम्रो तर्फबाट जे जति प्रचार प्रशार गरिरहेका छौं, त्यसको प्रभावमा जो जहाँबाट उपस्थित भएपनि फरक पर्दैन । पछिल्लो समयमा भएको असंवैधानिक ‘कु’ को बारेमा कार्यकर्तास्तरमा प्रशिक्षण र जनस्तरलाई सही सत्यताको जानकारी गराउने कार्यक्रम भएकोले यो ‘मास प्रोग्राम’ हो । गाउँपालिका भित्रका सबै अगुवा कार्यकर्ताहरुलाई हामीले निमन्त्रणा गरिसकेका छौं । हामीले निमन्त्रणा गरेजति सबै अगुवा कार्यकर्ताहरुको बिचमा बन्द प्रशिक्षणको समेत कार्यक्रम रहेको छ ।’

आगामी माघ १६ गतेदेखि प्रचण्ड–नेपाल समूहको नेकपाले आम हड्तालको घोषणा गर्ने जानकारी दिएको विभिन्न समाचार माध्यममा समाचारहरु प्रकाशन भएसँगै दोरम्बामा गर्न लागिएको वृहत् जनसभामा आफूहरुले नागरिकस्तरमा नेकपाको बैधानिकता र वास्तविकतासँगै लिएर जान लागेको सो कार्यक्रममा आतिथि वक्ताको रुपमा भाग लिन लागेका नेकपा जिल्ला इन्चार्ज देवशंकर पौडेलले बताएका छन् । ‘नेकपाको २ चिरासँगै जनस्तरमा कुन नेकपा बैधानिक हो, कुन नेकपा अबैधानिक हो ? त्यो त प्रष्ट हुन सकेको छैन नि ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा नेता पौडेल अगाडि भन्छन्, ‘जनस्तरमा त्यो अन्यौलतालाई चिर्नकै लागि हामी गाउँगाउँमा सभाको आयोजना गर्ने अवस्थामा पुगेका हौं । हामी बैधानिक हो भन्ने कुरा हामीसँग भएका केन्द्रीय सदस्यहरुको संख्यालाई हेर्दा नै प्रष्ट हुन्छ । त्यो भन्दा अलिक पर नागरिकहरुमा जुन बैधानिकताको प्रश्न छ, त्यसलाई प्रष्ट पार्नका लागि आफूहरुले आमसभाहरुको आयोजना गर्नु परेको हो ।’


रामेछाप जिल्लामा २ चिरा परेको नेकपाको एकतर्फको ओली समूहको नेतृत्व आनन्द श्रेष्ठले लिएका छन् भने अर्को चिराको प्रचण्ड–नेपाल समूहको नेतृत्व मैनकुमार मोक्तान ‘मदन’ ले लिएका छन् । एउटा खेमाले अर्को खेमालाई विभिन्न आरोप प्रत्यारोप तथा कारबाही गर्दै बनाएका समानान्तर कमिटिहरुका आआफ्नै कार्यकर्ताभेला भइरहँदा दोरम्बा बजारमा हुने कार्यक्रममा आफूले वर्तमान ओली सरकारले गरेको असंवैधानिक ‘कु’ को विरोधस्वरुप नागरिकहरुलाई सत्य तथ्यको जनकारी दिने हेतुले उक्त कार्यक्रम दोरम्बा २ नं. वडा कमिटिले गर्न लागेको र आफू जिल्लाको नेतृत्व गर्दै अतिथिको रुपमा जान लागेको अध्यक्ष मैनकुमार मोक्तान ‘मदन’ ले बताएका छन् ।


उक्त वृहत् जनसभा एकदिने हुने आयोजक नेकपा दोरम्बा गाउँपालिका २ नं. वडा कमिटिले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रभावितलाई वेवास्ता गरेको आरोप

Next Post

ओलीको उखाने पाराले देश चल्दैन – नेता पोखरेल (भिडियो सहित)

Next Post
ओलीको उखाने पाराले देश चल्दैन – नेता पोखरेल (भिडियो सहित)

ओलीको उखाने पाराले देश चल्दैन - नेता पोखरेल (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.