Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओलीको उखाने पाराले देश चल्दैन – नेता पोखरेल (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
ओलीको उखाने पाराले देश चल्दैन – नेता पोखरेल (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

माघ ७ रामेछाप

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले काम चलाउ प्रधानमन्त्री खड्ग प्रसाद ओली संविधान, गणतन्त्र र संघियताको विरोधि रहेको आरोप लगाएका छन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं. २ को नेकपा कमिटि द्वारा आयोजित बृहत् जनसभामा संवोधन गर्दै पोखरेलले उक्त आरोप लगाएका हुन् ।

सुरु देखिनै प्रधानमन्त्री ओलीले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको नेपालमा आवश्यक छैन भन्दै आएका थिए  । संसदिय समितिमा त्यसको चर्को विरोध हुँदै आए पछि तपाईहरू सबैले भन्नु हुन्छ भने मलाई केहि छैन भन्दै आएको र  उनले संघियता खारेज गर्ने चतुर्याई गरिरहेका थिए । अहिले आएर संविधान, गणतन्त्र र धर्मनिरपेक्षता सहन नसकेर संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्नुले ओली संविधानको विरोधी रहेको सपष्ट भएको पोखरेलले दावी गरे ।

राज्य व्यवस्थापन तथा सुशासन समितिले लिम्पियाधुरा सहितको नक्शा  प्रकाशन गर्न सिफारिस गरे पश्चात प्रधानमन्त्री ओलीले नक्शा प्रकाशन गर्न नटेरेपछि संसदको दबाबले मात्रै सो नक्शा प्रकाशन भएको उनको भनाई छ । लिम्पियाधुराको नक्शा समेटिएको पुस्तक छापे पछि वितरण गर्ने समयमा भारतीय प्रतिनिधि आएर प्रधानमन्त्री ओली सँग गोप्य भेटघाट गरे पछि पुस्तक वितरणमा समेत रोक लगाएको पोखरेल बताउछन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रवादीको अभिनय गरेका ओलीले लिम्पियाधुरा सहितको नक्शा समावेश गरिएको पुस्तक वितरणमा रोक लगाए पछि ओलीको राष्टवाद नाङ्गिएको पोखरेलले प्रष्ट पारे ।

अहिलेको यो लडाँई पदको लडाँई जस्तो देखिएता पनि प्रधानमन्त्री ओलीको तानाशाही प्रवृतीको अन्त्य गर्न संविधान, गणतन्त्र, धर्म निरपेक्षता र संघियताको रक्षा गर्न यो लडाँईमा होमिएको हौँ- उनले भने ।

संसदमा एउटा कुरा र जनता सामू अर्को कुरा गर्ने ओलीको पाराले मदनकृष्ण र हरिवंशको हाँस्यकलालाई समेत पछि पारेको भन्दै उनले व्यङ्ग्य गरे । साथै उखाने पाराले देश नचल्ने भन्दै ओलीको चर्को विरोध समेत गरे ।

सभामा बोल्दै राज्य व्यवस्थापन तथा सुशासन समितिका संयोजक शशी श्रेष्ठ भन्छिन् : देशमा राजनितिक अस्थिरता भयो, त्यसको फाईदा उठाउँदै विदेशी शक्तिहरुले नेपालमाथी विभिन्न खालका खेलहरू खेले, अब देशमा राजनितिक स्थिरताको आवश्यक्ता छ भन्यौँ र सो अनुसार चुनावी एजेन्डा बनाएर घोषणापत्र लिएर नागरिकको घरदैलोमा गयौँ, जनताले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लगभग दुईतिहाईको हाराहारीमा मत दिएर सरकारको बागडोर सम्हाल्ने जिम्मेवारी दियो, अहिले प्रधानमन्त्री ओलीले तानाशाही तरिकाले मतको कदर नगरि संविधानलाई कुल्चेर संसद विघटन गरेका छन् ।  

१८ घण्टा सम्म लोडश्रेणिङ हुने अन्धकार देशलाई उज्यालो नेपाल बनाएका कुलमान घिसिङ विधुत प्रधिकरणको प्रमुखको रुपमा रहँदा कमिशनको खेलो खेल्न नपाए पछि अहिले ओलीले कुलमानलाई हटाएर कमिशनको खेलमा लाग्दै नेपाललाई फेरि अँध्यारो बनाएको श्रेष्ठको आरोप छ ।

सभामा नेकपा केन्द्रिय सदस्य एवम् नेकपा रामेछापका ईन्चार्ज देव शंकर पौडेल, नेकपा केन्द्रिय सदस्य एवम् विदेश विभाग प्रमुख युवराज चौलागाई, नेकपा प्रदेश सदस्य एवम् दोराम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, रामेछाप युवा संघका अध्यक्ष टिका मालबोके, नेकपा जिल्ला कार्य समिति सदस्य धनलाल योञ्जन लगायतका वक्ताले संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई लत्याउँदै ओलीले चालेको तानाशाही प्रवृतीबाट निम्त्याएको संसद बिघटनको विरोध गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रचण्ड – नेपाल समूहकाे वृहत् जनसभा दाेरम्बामा हुँदै

Next Post

नेपाली काँग्रेसले निकाले खाँडादेविमा राँके जुलुस

Next Post
नेपाली काँग्रेसले निकाले खाँडादेविमा राँके जुलुस

नेपाली काँग्रेसले निकाले खाँडादेविमा राँके जुलुस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...