Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डेरी व्यवसायीद्धारा एकपक्षिय दुधको मूल्य बृद्धि

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
डेरी व्यवसायीद्धारा एकपक्षिय दुधको मूल्य बृद्धि
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । रामेछापका दुग्ध डेरी ब्यवसायीहरुले एकपछिय ढंगले दुधको मुल्य अकस्मात बृद्धि गरेको छ । ब्यवसायीले दुधको मुल्य बृद्धि गरेर उपभोक्ताहरुलाई ढाड सेक्ने गरी एकपक्षिय रुपमा मूल्य बृद्धि गरेपनि किसानहरुलाई दिने मूल्य भने व्यवसायीहरुले बढाएका छैनन् । रामेछाप दुग्ध संकलन बिक्री तथा चिस्यान केन्द्रका सञ्चालक किशोर पौडेल र चिरञ्जीबी डेरीका सञ्चालक भानुभक्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गर्दै दुधको मुल्य बृद्धि गरेका हुन् ।

ब्यवसायीले दुध लगाएत दुध जन्य पदार्थको मुल्य बृद्धि गरेको भएपनी आफुहरुलाई भने पुरानै मुल्य दिने गरेको किसान बद्रीप्रसाद घिमीरेले जानकारी दिए । उनले भने– हामिलाई दुध व्यवसायीहरुले अहिलेसम्म मुल्य बढाएको छैन, हामीसँग पुरानै मुल्यमा दुध किनेर उनीहरुले बिक्रीगर्दा भने उपभोक्ताहरुसँग मूल्य बढाएर लिने गरेका छन् ।


दुधको मुल्य किसानले बढाउनु पर्ने हो ब्यवसायिले बढाएको छ यो कस्तो ब्यवस्था हो । गाई भैसी पालेर दुःख गर्ने हामी फाईदा लिने बेला र दुधको मुल्य तोक्ने ब्यतmी चाहीँ व्यवसायी हुँदा किसानलाई अन्याय भएको अर्का एक किसान हरिराम भुजेले जानकारी दिए । उनले भने– व्यवसायीहरुले दुधको मूल्य बढाउँदा किसानहरुको पनि मूल्य बढ्नु पर्ने हो । तर व्यवसायीहरुले किसानहरुको ढाड सेक्ने गरी गरेको यो निर्णयले मन्थलीका आम किसानहरु मारमा परेको पनि किसान भुजेलले बताए ।

दुध ब्यवसायीले यसअघि गाईको दुध मुल्य प्रति लिटर ७० रुपैयाँमा बिक्री गर्दै आएकोमा एकै पटक १० रुपैयाँले मूल्य बृद्धि प्रति लिटर ८० रुपैयाँ पुर्याएका छन् । त्यस्तै यसअघि भैसीको दुध प्रति लिटर ८० रुपैयाँमा बिक्री गर्दै आएको दुधको मूल्यमा पनि १० रुपैयाँले बृद्धि गरि प्रति लिटर ९० रुपैयाँ पुर्याएका छन् । त्यसैगरी यसअघि दही प्रति लिटर ९० रुपैयाँ लिटर विक्री गर्दै आएका व्यवसायीले प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि गरि १ सय रुपैयाँ लिटर पुर्याएका छन् । व्यवसायीले यसअघि पनीर र खुवा प्रतिकेजी ६ सय रुपैयाँमा विक्रीबितरण गर्दै आएकोमा एकैपटक १ सय रुपैयाँ मूल्य बृद्धि गराएका छन् ।

दुग्ध व्यवसायीहरुले दुधको मूल्य बृद्धि भएको जानकारी रामेछाप उद्योग वाणिज्य संघमा दुग्ध व्यवसायीहरुले दिएता पनि मूल्य बृद्धिको बिषयमा उद्योग वाणिज्य संघ बसेर कुनै छलफल नभएको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए । उनले भने– दुधको मूल्य बढ्दा किसानहरुको पनि बढ्नु पर्ने हो । यसबिषयमा आफुले थप व्यवसायीहरुसँग बुझ्ने महासचिव ढुंगेलले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रधानमन्त्रीलाई कमल थापाको सुझाव : कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

Next Post

धनगढीमा २ कोरोना संक्रमित पुरुषको मृत्यु

Next Post

धनगढीमा २ कोरोना संक्रमित पुरुषको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.