Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रजिअ आफैले गर्छन् नियम उल्लंघन, जिल्लामा संक्रमणको जोखिम बढ्दो

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
प्रजिअ आफैले गर्छन् नियम उल्लंघन, जिल्लामा संक्रमणको जोखिम बढ्दो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, १६ बैशाख

 रामेछाप । जिल्ला प्रशासन रामेछापको लापर्बाहीले जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । रामेछापमा कोरोना संक्रमितहरुको संख्या बृद्धि भए पनि सम्बन्धित निकायहरुले रोकथाममा चासो नदिदा संक्रमणको जोखिम बढदै गएको हो ।

संक्रमितको संख्या दैनिक बढदै गएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय रामेछापसँग रहेको छ  । केही दिन अघि मात्र जिल्लाबाट २२ जनाको स्वाब पठाउदा १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस अघिको १२ जना सहित २६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । जिल्लाको सावधानीको अवस्थालार्ई हेर्ने हो भने संख्या बढ्न सक्ने उनको भनाई छ ।

बजार क्षेत्रमा देखिने भिडभाड र सरकारी तथा गैर सरकारी संस्थाहरु मार्फत हुने गरेको तालीम, गोष्ठि तथा राजनैतिक कार्यक्रमहरुलाई समेत स्थानीय प्रशासनले नियन्त्रण गर्न नसक्दा जिल्लामा संक्रमणको जोखिम अझ बढदै गएको हो ।

दैनिक संक्रमित बढदै गएपछि अतालिएका सर्वसाधरणहरुले स्थानिय प्रशासनको लापर्बाहीका कारण जिल्लाको अवस्था डर लाग्दो भएको गुनासो नागरिकहरूले गरेका छन । बजारमा हुने भिडभाड तथा ठुलो संख्यामा मानिसहरुको उपस्थितिमा हुने कार्यक्रमहरु रोक्न नसक्दा संक्रमण फैलन सक्ने भएपछि स्थानियहरुले चिन्तित छन् ।

 मन्थलीमा देखिने भिड्भाड र बिभिन्न कार्यक्रममा मन्त्री तथा राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती नियन्त्रण हुन नसक्दा त्यसको असर सर्वसाधरणमा पर्न सक्ने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् ।

बैशाख १० गते शुक्रबार प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको अध्यक्षतामा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापको  बैठक बसी जिल्ला भित्र कुनै पनि प्रकारको सभा समारोह गर्न नपाउने लगाएत २१ बुदे निर्णय गरेको थियो ।

नियम उल्लङ्घन गर्दै नवजागरणको भवन उद्घाटन,मन्त्री कैलाश ढुङ्गेलको उपस्थिति

 २१ बुदे निर्णय आएको भोलिपल्ट  ११ गते रामेछापमा कहलिएको  नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन कार्यक्रम गर्यो । सो कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको समेत उपस्थिति रह्यो । सरकारले तोकेको मापदण्ड भन्दा बढी मानिसहरु सहभागी भएर भबनको उद्घाटन गरियो तर जिल्ला प्रशासन कार्यालय धेरै मानिसको भिडभाड हुने उक्त कार्यक्रम रोक्न भने सकेन ।

एमाले रामेछापको सांगठानिक बैठक तथा सपथ ग्रहण, केहिलाई कोरोना संक्रमण पुष्टि

यसैबीच १३ गते जिल्लामा संक्रमणको जोखिम बढीरहदा नेकपा एमाले रामेछापले जिल्लाको सांगठानिक बैठक तथा सपथ ग्रहण कार्यक्रम सयौंको संख्यामा कार्यकर्ता भेला गरेर धुमधाम संग गरेता पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर जतिकै बन्यो । उक्त कार्यक्रममा सहभागी भएका केहि नेताहरुमा अहिले कोरोना संक्रमण पुष्टि भएको छ । जुन कार्यक्रममा सयौंको संख्यामा गाउँगाउ बाट नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।  नेकपा एमालेका केहि नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल मार्फत होमक्वारेन्टाइनमा बस्न समेत आहवान गरिसकेका छन् । यस्तो स्थितीमा पनी जिल्ला प्रशासन कार्यालय आफैले लापर्वाही गर्दा गाउँगाउमा कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानियले गुनासो गरेका छन् ।

सिडिओ संयोजक रहेको संस्थाको तालिममा नै थिएन दुरि कायम

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु आफै संयोजक रहेको राष्ट्रिय जनगणना कार्यालय मन्थलीले राष्ट्रिय जनगणना २०७८ अन्तर्गत आजबाट जिल्लामा सञ्चालन गरेको सुपरिवेक्षक तालीममा आफै सहभागी भएर तालीम सञ्चालन गराए ।

यता राष्ट्रिय जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाले समेत जिल्ला प्रशासन कार्यलयको सहमतीमा तालीम सञ्चालन गरिएको बताए । बिहिबार मात्रै चार स्थानमा १ हप्तासम्म सञ्चालनहुने सुपरिवेक्षक तालिम शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शैजुले भने आफुलाई केन्द्रले तालिम नरोक्नु भन्ने निर्देशन गरेको कारण सामाजिक दुरी कायम गराएर तालिम सञ्चालन गरेको बताएका छन् तर तालिम प्रजिअ शर्माले भने जस्तो भएको थिएन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कोरोनाका कारण एकैदिन ३५ जनाको मृत्यु, झण्डै पाँच हजार संक्रमित

Next Post

एम्बुलेन्स खर्च पालिकाले बेहोर्नु पर्ने

Next Post
पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई

एम्बुलेन्स खर्च पालिकाले बेहोर्नु पर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...