Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निषेधाज्ञा उल्लंघन गरे १ महीनासम्म कैद

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
निषेधाज्ञा उल्लंघन गरे १ महीनासम्म कैद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ,१७ बैशाख

निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाइका गरिने भएको छ । आदेश जारी भएका जिल्लामा यातायात तथा मानीसको आवागमन रोक्ने गृह मन्त्रालयले जनाएको छ ।

हिजो पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएर यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

केही जिल्लामा यसअघि नै निषेधको आदेश जारी भएपनि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।अहिलेसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ ।

यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् ।कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ ।

ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधन जाँच थर्न थालिएको छ ।  आज थप कडाइका साथ सवारी जाँच हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए।

निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार १ महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।साथै संक्रामक रोग ऐन अन्तर्गतको काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

साथै स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले ५०० रुपैयाँसम्म जरिवाना वा ! महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पूर्वरानीको प्लाज्मा थेरापीबाट उपचार सुरु

Next Post

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Next Post
सुनापतिमा धारिलो हतियार प्रहारबाट एक किशोरी गम्भीर घाइते, पुरुष मृत फेला

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.