Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रममा खट्दै नेपाल प्रहरी

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2021
in समाचार
0
कोरोना नियन्त्रण सम्बन्धि  सचेतनामूलक कार्यक्रममा खट्दै नेपाल प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१६ वैशाख
कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन् ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा २५ हजार ८ सय ८४ जनालाई नि:शुल्क मास्क वितरण गररेको छ । मास्क नलगाई हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको र तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको नेपाल प्रहरीका सुचना अधिकारी बसन्तबहादुर कुवरले बताए ।


कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जबरजस्ती करणीको अभियोगमा पक्राउ

Next Post

२० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी

Next Post
२० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी

२० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.