Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

४२ पुग्यो निषेधाज्ञा जारी गरिएका जिल्ला (सूचीसहित)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका ११ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञाको अवस्थामा छन् ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि  निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ४२ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो ।

गृह मन्त्रालयका अनुसार  बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञाकाबीच जोरबिजोर प्रणालीमा सवारीसाधन गुडेका छन् । कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा मंगलबार बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुनेछ ।

बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

2078_01_19_गते_साँझ_5_बजेसम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरणDownload

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी

Next Post

आन्तरिक हवाई उडान आज मध्यरातिदेखि बन्द

Next Post
आन्तरिक हवाई उडान आज मध्यरातिदेखि बन्द

आन्तरिक हवाई उडान आज मध्यरातिदेखि बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.