Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २० बैशाख। 

सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ ।

परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी ले निर्णय गरेको छ ।

उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ ।

नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो ।

सीएमसी बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् । यो समाचार आजकोआर्थिक अभियान दैनिकमा छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आन्तरिक हवाई उडान आज मध्यरातिदेखि बन्द

Next Post

एमाले रामेछापले लेख्यो, मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र

Next Post
एमाले रामेछापले लेख्यो, मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र

एमाले रामेछापले लेख्यो, मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.