Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले रामेछापले लेख्यो, मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2021
in राष्ट्रिय समाचार, समाचार
0
एमाले रामेछापले लेख्यो, मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २१, जनता भ्वाइस संवाददाता, मन्थली ।


पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको कोरोना भाइसर कोभिड १९ को संक्रमणबाट रामेछाप जिल्लामा हुनसक्ने जोखिम बारे दर्शाउँदै नेकपा एमाले रामेछापले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौंडालाई ध्यानकर्षण गराएको छ । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा सम्भावित संक्रमित विरामीहरुको पि.सि.आर.टेस्ट, पर्याप्त अक्सिजन ग्यास सिलिन्डर, भेन्टिलेटर सहितको आइशोलेशन कक्ष र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको वारेमा नेकपा एमाले रामेछापले सम्बन्धित सरोकारवाला र जिम्मेवार पक्षसँग छलफल र अन्तरक्रिया गरेको जनाएको छ ।

उक्त ध्यानकर्षण पत्रमा हाल ‘चुनौतिको रुपमा देखा परिरहेको कोभिड १९ को रोकथामका लागि सरकारी तवरबाट भैरहेका प्रयासहरुको लागि धन्यवाद् व्यक्त गर्दै र भोलिका दिनमा संक्रमित विरामीको संख्या बृद्धि भएमा त्यसको लागि आवश्यक पर्ने तयारी र व्यवस्थापकीय काम हाल भएको भन्दा थप व्यवस्थित र वृद्धि गर्नुपर्ने अवस्था देखिएकोले सम्बन्धित सरोकारवाला पक्षहरुलाई समयमा नै सजग हुन र तयारी गर्न तिनै तहका सरकारहरु (केन्द्र, प्रदेश र स्थानीय सरकार) लाई नेकपा एमाले रामेछाप जिल्ला कमिटी अनुरोध सहित ध्यानाकर्षण गराउँदछ’ ध्यानाकर्षणमा भनिएको छ ।


नेकपा एमाले रामेछापले बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई लक्षित गरेको ध्यानकर्षणमा विभिन्न ५ बुँदामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय सावधानीहरु समेत उल्लेख गरेको छ । जसमा रामेछाप जिल्लामा अक्सिजन ग्यास सिलिन्डर मौज्दात रहेको तर बढ्दो संक्रमणसँगै भविष्यमा अपुग हुनसक्ने देखिएकोले थप अक्सिजन ग्यास सिलिन्डरको व्यवस्थापन गर्नु पर्ने, रामेछाप जिल्ला अस्पताल सहित स्वास्थ्य संस्थाहरुमा कार्यरत रहनुभएका स्वास्थ्यकर्मीहरुले कोभिड १९ को सन्दर्भमा प्रशंसनीय काम गरिरहनु भएको तर चिकित्सक सहित अन्य स्वास्थ्य जनशक्ति अपुग रहेकोले तत्काल थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने, भेन्टिलेटर सहितको थप आइसोलेसन कक्षहरुको संख्या वृद्धि गर्नुपर्ने जस्ता बुँदाहरु समेटेको छ ।

त्यस्तै स्वाब संकलन गरी पि.सि.आर. टेस्टलाई तिव्रता दिनु पर्ने, एम्बुलेन्स सहित अन्य सवारी साधनलाई तयारी अवस्थामा राख्न व्यवस्था मिलाउनुपर्ने बारे समेत उक्त ध्यानाकर्षणमा भनिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

Next Post

सांसदहरूको पीसीआर परीक्षण आज गरिने

Next Post
सांसदहरूको पीसीआर परीक्षण आज गरिने

सांसदहरूको पीसीआर परीक्षण आज गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.