Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मदन-आश्रित अस्ताएको २८ वर्ष पूरा, एमाले रामेछापले गर्यो सालिकमा माल्यार्पण

जनता भ्वाइस by जनता भ्वाइस
May 17, 2021
in राष्ट्रिय समाचार, समाचार
0
मदन-आश्रित अस्ताएको २८ वर्ष पूरा, एमाले रामेछापले गर्यो सालिकमा माल्यार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३, प्रकाश न्याैपाने


नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २८ वर्ष पुरा भएको सन्दर्भमा नेकपा एमाले रामेछापले स्वर्गीय नेताद्वय भण्डारी र आश्रितको स्मृतिमा आज शोक सभा गरेको छ । कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियण्टको चरम प्रभावको बिचमा समेत भौतिक दूरी कायम गरी मन्थलीमा रहेको मदनआश्रित चोकको सालिकमा माल्र्यापण गरिएको छ । बिहान साँढे ७ बजे गरिएको उक्त प्रतिमा माल्र्यापर्ण कार्यक्रममा मन्थलीमा रहेका नेकपा एमाले संवद्ध सीमित नेता तथा कार्यकर्ताहरुको न्यून उपस्थिति रहेको थियो । ‘कोरोना भाइरसको चरम दबदबा रहेको अवस्थामा पनि हाम्रा आदरणीय नेताहरु प्रति उच्च सम्मान भावका साथ स्मरण गरिएको छ । सकेसम्मको भौतिक दूरी कायमगरी नेताहरु प्रतिको सम्मान व्यक्त गर्नका लागि उपस्थित भएका छौं । उहाँहरुको सपनालाई साकार पार्नका लागि नेकपा एमाले केन्द्रीय कमिटि सदैव दत्तचित्त भएर लाग्नु पर्ने र आफूहरुले पनि सो कार्यका लागि सर्वदा पार्टी कमिटिलाई सहयोग रहनेछ ।’ नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष आनन्दकुमार श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।


यस्तै नेकपा एमाले जिल्ला सचिव पुरुषोत्तम कडरियाले नेताद्वय भण्डारी र आश्रितको विचारको परिपालना सँधै गरिरहनु पर्ने प्रतिक्रिया दिएका छन् । जनता भ्वाइससँग संक्षिप्त प्रतिक्रियाका क्रममा कडरियाले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा स्वर्गीय नेताद्वयको अभाव सँधै खड््किरहने छ । जनताको बहुदलिय जनवादको मूल मर्म र भावना विपरित एकरत्तिपनि सम्झौता नगरी नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढ्नु पर्छ । कार्यसम्पादको सिलसिलामा भएका गल्ती कमीकमजोरीहरुलाई सम्पूर्ण नेपाली नागरिकहरुलाई साँक्षी राखी आत्मालोचना गर्नुपर्ने आजको आवश्यकता हो । नेपालका सम्पूर्ण बाम शक्तिहरु एकै मोर्चामा आबद्ध भई अगाडि जानुको विकल्प छैन ।’


मदन आश्रितको सम्झनाको साथमा केही दिन अघि मात्र दिवंगत हुनुभएका छिमेकी जिल्ला दोलखाका कम्युनिष्ट नेता पशुपति चौलागाईको तस्बिरमा समेत माल्र्यापर्ण गरिएको थियो ।


वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जीवित रहनु र पछि उनको हत्या हुनुले नागरिकले दुर्घटना रहस्यमय मान्दै आएका छन् । भण्डारी र आश्रति चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रति दिवस मनाउने गरेको छ । तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुखको सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण एक पुरुषको मृत्यु

Next Post

दुगर ग्रुपले दिएन मजदुरलाई पारिश्रमिक

Next Post
दुगर ग्रुपले दिएन मजदुरलाई पारिश्रमिक

दुगर ग्रुपले दिएन मजदुरलाई पारिश्रमिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...