युवा व्यावसायि एवं समाजसेवी नेपाली काङ्ग्रेस रामेछापका युवा नेता चन्द्रकुमार वाइबाले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १५ हजार आर्थिक सहयोग गरेका छन् ।
युवा नेता वाइबाले पत्रकारलाई जुनसुकै बेला पनि संकट पर्न सक्ने भन्दै उक्त सहयोग गरेका हुन् । मन्थली नगरपालिका वडा नं १४ निबासी वाइबा निर्माण ब्यबसायी हुन् भने वाइबा एन्ड लामा कन्स्ट्रक्सनका संचालक पनि हुन् ।
राज्यको चौथो अंग पत्रकार जगतलाइ राज्यले उचित ब्यबस्थापन गर्न सकेको भन्दै आफुले सक्ने सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । वाइबा लामो समय देखि समाजिक कार्यमा अग्रसर ब्यक्ति हुन् । उनले अनाथ , असहाय र बिपन्नलाई सहयोग गर्दै आएका छन् । आफ्नो ब्यबसायको नाफाबाट उनले समाजसेवा गर्ने गर्दछन् । समाजसेवा साथसाथै राजनीतिमा पनि वाइबा त्यतिकै सक्रिय रहेका छन ।