Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओली गुटको २० सांसद माधव गुटमा भित्रिँदै!

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
ओली गुटको २० सांसद माधव गुटमा भित्रिँदै!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ०७, काठमाडौँ – केपी शर्मा ओली सत्ताबाट बर्खास्त भएसँगै नेकपा एमालेको संस्थापन समूहमा पहिरो गएको छ ।

ओली गुटका सांसदहरु धमाधम वरिष्ठ नेता माधवकुमार नेपाल गुटमा भित्रिन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ८ जना सांसदहरु ओली समूहबाट विद्रोह गरेर माधव समूहमा भित्रिएका थिए, जुन अनपेक्षित घटना थियो ।

यसरी ओली समूह परित्याग गर्ने सांसदहरुको संख्या अझै बढ्दै जाने नेताहरुले दाबी गरेका छन् ।

२०÷२५ दिनभित्रै एमालेमा आफूहरुको बहुमत पुग्ने परिस्थिति निर्माण भैरहेको माधव समूहका नेता मेटमणि चौधरीको दाबी छ ।

ओली समूहमा पिल्सिएर बसेका तर बोल्न नसकेकाहरुको सानो हैन ठूलो समूहले विद्रोह गरेर माधव नेपाललाई साथ दिने उहाँको दाबी छ ।

ओली गुटबाट सांसद तान्न अहिले पूर्वमन्त्री प्रेमबहादुर आले र सांसद किसान श्रेष्ठ सक्रिय छन् ।

माधव समूहको बैठकमा सांसद श्रेष्ठले १५÷२० जना सांसद आफूले तान्न सक्ने दाबी गर्दै बहुमत निर्माण गरेर ओलीलाई हटाउने रणनीति लिन माधव नेपाललाई आग्रह गरेको श्रोतको दाबी छ ।

श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदै माधव समूहमा भित्रिएका नेता हुन् ।

उहाँले सर्वाेच्चको फैसलाको सम्मान गर्न आफू माधव समूहमा आएको बताउनुभयो ।

हुन त एकातिर ओली समूहका सांसदहरु माधव समूहमा भित्रिन थालेका छन् भने अर्काेतिर माधव समूहमै रहेका नेताहरुले पनि नेता नेपालको साथ छाड्ने तयारी गरेका छन् ।

भीम रावलले समेत बैठक बहिष्कार गरेपछि माधव समूह पनि संकटमा रहेको विश्लेषण भैरहेको छ ।

तर नेता मेटमणि चौधरीले एकताको वातावण बनाउन नेताहरुले गरेको कसरतलाई गुट त्यागेको भन्न नमिल्ने बताउनुभयो ।

माधव समूहमा कुनै संकट नरहेको उहाँले दाबी गर्नुभयो ।

पूर्वमन्त्री प्रेमबहादुर आलेले पनि माधव समूहमा १५ देखि २० सांसद थप्ने दाबी गरेर सोही अनुसार कसरत गरिरहेको विश्वस्त श्रोतको दाबी छ ।

आलेले प्रधानमन्त्री देउवालाई ओली समूहका ८ सासदको मत दिलाउने बचन पूरा गरेको चर्चा छ ।

फेरि पनि बहुमत जुटाएर एमालेमा ओलीलाई अध्यक्षबाट हटाउने र राष्ट्रपतिलाई महाभियोगसम्म लगाउने तयारी भैरहेको श्रोतले बताएको छ ।

राजनीतिक विश्लेषक डा. लोकराज बरालले सत्ता र शक्तिको नजिक रहन सांसदहरुले गुट फेर्ने विषय नौलो नरहेको बताउनुभयो ।

अहिले ओली समूहले गरिरहेको अराजक क्रियाकलापले पनि माधव समूह थप बलियो बन्दै जाने उहाँको विश्लेषण छ ।

हाल एमालेमा १ सय २१ जना सांसद छन् । ती मध्ये हालै भित्रिएका ८ सहित माधव समूहमा झण्डै ३१ जना सांसद रहेको अनुमान छ ।

माधव समूहका नेताहरुको दाबी पत्याउने हो भने छिट्टै ओली गुट त्यागेर थप १५ देखि २० जना सांसदले माधव नेपाललाई साथ दिने तयारी छ ।

२० जना थपिएछन् भने पनि माधव समूहको जम्मा सांसद संख्या ५१ पुग्ने छ ।

दलमा बहुमत पुग्न कम्तीमा ६१ जना सांसद आवश्यक पर्ने भएकाले एमालेमा तत्काल माधव समूहको बहुमत जुट्ने सम्भावना कमै देखिन्छ ।

तर नेपालको राजनीतिमा अनुमान गरिए भन्दा फरक दृष्यहरु देखिने गरेकाले माधव समूहमा बहुमत जुट्ने सम्भावनालाई नकार्न भने सकिँदैन।नेपाली नेटवर्कले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री

Next Post

चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा

Next Post
चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा

चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.