Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ७ बिहिबार।
नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ । सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।

नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । चन्द्र नहरको बाँध भत्केर ती वडाका घर घरमा दुई/तीन फिटसम्म पानी जमेको उनले जानकारी दिए ।

सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा सप्तकोसी नगरपालिकाका जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताए ।

बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको उनको भनाई छ । नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको स्थानियवासी दिनेश शर्माले बताए ।

विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पु¥याएको थियो ।

यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिएका छन् ।

दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ । राजधानीबाट ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओली गुटको २० सांसद माधव गुटमा भित्रिँदै!

Next Post

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

Next Post
माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.