रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल नहुदा सुनकोशी नदि वारपार गर्न त्याहाँका वासिन्दालाई धेरै समस्या रहेको थियो । रामेछाप तर्फका धेरै स्थानियको जग्गा जमिन समेत सुनकोशी पारी भएकोले नदि तर्न त्याँहा स्थानियहरुलाई समस्या भएको भन्दै लामो समय देखी उनिहरुले पुलको मागगदै आएका थिए । पुल नहुदा उनिहरु वर्खाको समयमा समेत ज्यानको प्रर्वाह नगरि सुनकोशीनदि ट्युव मार्फत तर्ने गरेका थिए । उनिहरुको बाध्यतानै थियो ।
कोथबेका स्थानियको जग्गा जमिन सबै सुनकोशी पारी रहेको छ । खेती गर्न र त्याहाँ उत्पादित अन्न बर्षाको भेलको पर्बाह नगरी नदि तर्न बाध्य रहेका थिए । कक्षा ५ भन्दा माथि पढाई हुने बिद्यालय आसपास नहुदा स्कुले बालबालीका सुनकोशी नदिको किनारमा रात बिताउन पर्ने बाध्यता रहेको थियो । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल निर्माण भए संगै त्यहाँका नागरिक खुशी भएका छन । करिव सात करोड ५० लाख रुपियाँ लागतमा सङ्घीय सरकारको सहयोगमा उक्त पुलको निर्माण सुरु गरिएको हो ।
जिल्लामा अहिलेसम्मको सबैभन्दा लामो बन्ने झोलुङ्गे पुल निर्माणपछि कोथपेका माझी समुदायले जोखिम मोलेर कोसी वारपार गर्नुपर्ने बाध्यता हट्ने छ । आफुहरुलाई कोसी वारपार गर्न जोखिमता भएको भन्दै माझी समुदायले विगत धेरै बर्ष अघिदेखीझोलुङ्ग पुल निर्माण गर्न माग गर्दै आएका थिए । उक्त स्थानमा पुल नहुँदा ढुंगा दुर्घटना हुँदा नागरिकको ज्यान समेत गुमाएका थिए ।