Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काठबाट बनेका वस्तुहरु लोपहुदै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
काठबाट बनेका वस्तुहरु लोपहुदै
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा परम्परागत रुपमा काठबाट बनेका ठेकी, पाथी र माना लगाएतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ । रामेछापमा परम्परागत रुपमा काठवाट निर्मित कलात्मक तरीकाले कुदिएका काठका दुध दुहुने ढुग्रो, दहि जमाउने ठेकी र अन्न भर्ने पाथी र माना साथै घ्यु जमाउने हर्पे जस्ता वस्तुहरु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा विक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तुहरु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरु भेट्न मुस्किल पर्ने गर्दथ्यो त्यस कारण काठबाट बनेका वस्तुहरु बिक्रिबितरण हने गथ्र्यो तर अहिले जता ततै पलास्टिक जन्य बस्तु प्रयोग भएको कारण काठबाट बनेका वस्तुहरुलोप हुन थालेको व्यवसायी मन्थली नगरपालिका–१३ फुलासीका धनवहादुर विश्वकर्माले बताए ।


उनले भने पहिला प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरुको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको वारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठवाट ठेकीहरु निमार्ण हुने गर्दथ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेशामा लाग्ने व्यक्तिहरु समेत पलाएन भएको ठेकी व्यवसायी विश्वकर्माले बताए ।


ठेकी व्यवसायी विश्वकर्माले भने अहिले सामुदायिक वनमा काठ काट्न पाइदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुखहरु पनि मासिदै गए । पहिला पहिला काठवाट वनेका ठेकीहरुको माग अत्याधिक हुने गर्दथ्यो । अहिले गाउँघरमा भैसी गाई पाल्न नै छाडे । कसैले पाली हाले भने पनि दुध सिधै डेरीमा विक्री गर्न थाले त्यसकारण यो पुस्तौ देखी गर्दै आएको पेशा लोप हुन लागेको हो । पहिला ठेकी पुरयाउँन नै गाह्रो हुने गर्दथ्यो । अहिले बनेका ठेकी समेत विक्री नभएर घरमा थन्काउन वाध्य हुनु परेको उनले गुनासो गरे ।


पहिला काठबाट बनेको ठेकीमा दुध जमाउँदा राम्रो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरुमा जमाको दहि महि र घिउको त्यसतो स्वाद नहुने स्थानिय माइकल चौहानले बताए ।
। अर्का एक स्थानि माधब कार्कीका अनुसार अहिले बजारमा जताततै प्लाष्टिक, स्टील र सिलाभरका सामानहरु निस्कीए तर पनी ति प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाडामा राखेको दुध बिग्रने उगग्ल आउने गरेको बताए । काठवाट वनेका जस्तो ठेकी अन्य वजारमा खरिद गरेका आल्मुनियमका भाँडाहरु नहुने र त्यसमा जमाएको दुधवाट वनेका सामाग्रीहरु पनि मानव स्वास्थ्यको लागि गुणकारी नहुने उनले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल बन्दै

Next Post

टहरामा चौकी

Next Post
टहरामा चौकी

टहरामा चौकी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.