Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सबै भन्दा पहिलो र राम्रो कार्यक्रम वाणगंगा नगरपलिकामा : उपमेयर अर्याल

Milan Ghimire by Milan Ghimire
August 22, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सबै भन्दा पहिलो र राम्रो कार्यक्रम वाणगंगा नगरपलिकामा : उपमेयर अर्याल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
भगवती न्यौपाने, कपिलवस्तु, भाद्र ५,

वाणगंगा नगरपालिका अन्य नगरपालिका भन्दा शिक्षा, स्वास्थ र विकासको हिसाबले धेरै अगाडी भएको वाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले बताएका छन् । आफ्नै घरमा उत्पादन गरी विषादी प्रयोग नगरेका अर्गानिक तरकारी खाऔं र स्वास्थ्य बनौं भन्ने उदेश्यले भान्सा नै औषधालय कार्यक्रम यस वर्ष नगरमा ल्याएको उनले जानकारी दिए ।
कपिलवस्तु जिल्लकाको बाणगंगा नगरपालिका वडा न.७ मोतिपुरले आयोजना गरेको एक घर एक कागती वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नगर प्रमुख थारुले नगरलाई सुन्दर समृद्ध र समुन्त बनाउन सम्पूर्ण पक्षको विकास हुनु पर्नेमा जोड दिए ।

वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले वाणगंगा नगरपलिकाको २०७६/७७ को स्वीकृत कार्यक्रम मध्ये सबै भन्दा पहिलो र राम्रो कार्यक्रम वडा नम्वर ७ ले गरेको दाबी गरे । यस किसिमको कार्यक्रमले वडा, नगर मात्रै होईन अन्य जिल्लालाई समेत राम्रो सन्देश दिएको भन्दै प्रशंसा समेत गरे । साथै उनले यस वडालाई कागतीको वडाले चिनाउन समेत जिल्ला बासिसबैमा आग्रह गर्नु गरे ।
वाणगंगा नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसिराम मरासिनी, कृषि शाखा प्रमुख लेश बहादुर केसिले नगरलाई विषादी रहीत बनाउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको जानकारी दिए । स्वास्थ्य जिवन जिउन अबको दिनमा बजारबाट होईन घरमै उत्पादन गरेको कागति प्रयोग गर्न वडावासीलाई आग्रह गरे ।
वडा नम्वर ७ का वडा अध्यक्ष विष्णु गिरीले भौतिक संरचनाले मात्रै नगर समृद्ध हुन नसक्ने बताए। वडा, नगर र राष्ट् समृद्ध बनाउन आर्थिक, सामाजिक,सुशासन, वन वातावरण,संञ्चारका साथै लक्षित वर्ग लगायत सम्रग पक्षको विकास हुर्नुपर्ने जोड दिए । आर्थिक कार्यक्रम अन्तरगर्त कृषि, पर्यटन, सहकारी लगायतका विषयमा कृषिको कार्यक्रम पारेर वडा नम्वर ७ लाई कागतिमा आत्म निभर बनाउने उदेश्यले यस बर्ष एक घर एक कागति वितरण कार्यक्रम ल्याएको बताए। वडालाई स्वच्छ हराभरा नमूना वडा बनाउने अभियानमा लागेको अध्यक्ष गिारीले बताए ।
कार्यक्रमको उद्घाटन नगरप्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृतले फरक फरक स्थानमा कागती विरुवा लगाएर उद्घाटन गर्नु भएको थियो । वडा अध्यक्ष गिरीको अध्यक्षता, कार्यपालिका सदस्य सावित्रा थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण प्रसाद खनालले गनु भएको थियो । कार्यक्रममा प्रगति टोलविकास संस्थाका टोप बाहादुर थापाले आफनो धारणा राखनु भएको थियो । मन्द्रासि सुन कागती १ हजार ७ सय ५० वटा कागतीका विरुवा वितरण गरिएका हो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

टिपर दुर्घटनामा परी दुई जना घाईते

Next Post

धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

Next Post
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.